शिव महापुराण धार्मिक समारोहको शुभारम्भ ज्येष्ठ नागरिकलाई सामाजिक सम्मान जरूरी : प्रदेश प्रमुख भट्ट

ज्येष्ठ नागरिक सरोकार समाज, कास्कीको आयोजनामा पोखरा–३१ मा शिव महापुराण शुरु ।
समारोहको शुभारम्भ गर्दै प्रदेश प्रमुख भट्टले डिल्लीराज भट्टले जेष्ठ नागरिकलाई संगठित गरी उनीहरूका समस्या पहिचान गरी समाधानका उपाय खोजी गर्नुपर्नेमा जोड दिए ।
नेपालमा हरेक वर्ष पुस ११ लाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउन थालिएको बताउँदै प्रदेश प्रमुख भट्टले ज्येष्ठ नागरिकको मानवअधिकारको संरक्षण, स्वस्थ र मर्यादित जीवनशैलीको प्रवद्र्धन र उनीहरूमाथि हुने दुव्र्यवहार, हिंसा र विभेदको रोकथाम जरुरी रहेको उल्लेख गरे ।
उनले धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले समाजले गरेको शिव महापुराण महायज्ञ, ब्राह्मणद्वारा हवन, पूजा अर्चना आदि कार्यक्रमबाट धार्मिक पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
समाजमा धार्मिक सहिष्णुता कायम गर्दै मानवकल्याण र विश्व शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन साथै संस्थालाई दीगो रूपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलका रूपमा विकसित गर्ने लक्ष्यले उक्त माहापुराण आयोजना गरिएको बताइएको छ ।