सञ्चारकर्मी थापा प्रदेश खेलकुद परिषद्को सदस्यमा मनोनित

सञ्चारकर्मी कञ्चन थापा कोइराला प्रदेश खेलकुद परिषद्को सदस्यमा मनोनित भएकी छन् ।
पूर्व तेक्वान्दो खेलाडीसमेत रहेकी थापाको योग्यता र विज्ञताको कदर गर्दै गण्डकी प्रदेश सरकार, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले उनलाई सो पदमा मनोनित गरेको हो ।
परिषद्ले (आज) मङ्गलवार एक समारोहका बीच परिषद्का बोर्ड सदस्यको शपथ तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
हाल नेपाल पत्रकार महासंघ कास्कीको उपाध्यक्ष रहेकी उनी पोखराको रेडियो अन्नपूर्णमा आवद्ध छन् ।
थापासँग फेवा टेलिभिजन, इमेज एफ.एम., माछापुच्छ्रे एफ.एम., नाइस खबर, रेडियो जननी, जिल्ला खेलकुद विकास समिति कास्की, नेपाल भूतपूर्व खेलाडी मञ्च, सञ्चारिका समूह गण्डकी, पब्लिक फोके टेलिभिजनसँग आवद्ध रहेर कार्य सम्पादन गरेको अनुभवसमेत छ ।
थापासँगै समितिमा इन्द्र मल्ल (एथलेटिक्स) भीम पराजुली (भलिबल), कृष्ण थापा (फुटबल), विजय आले (फुलकन्ट्याक्ट कराँते), रबिनसन् प्रजु (क्रिकेट), रेग माया गुरुङ (तेक्वान्दो), नरेद्र ढुंगाना, संगीत सुवेदी, भेनिस थापा मनोनित भएका छन् ।