कवि शालिग्राम आचार्य सम्मानित

कवि एवं शिक्षासेवी शालिग्राम आचार्य पोखरामा सम्मानित भएका छन् ।
दुई सय १२ औं भानु जयन्तीको अवसरमा आचार्य समाज केन्द्रीय समितिले आइतवार पोखरामा एक समारोहका बीच कवि आचार्यलाई सम्मान गरेको हो ।
उनलाई कार्यक्रमका प्रमुख अतिथि डा सिपी आचार्य, सल्लाहकार छविलाल आचार्य र केन्द्रीय अध्यक्ष बलराम आचार्यले सम्मान अर्पण गरे ।
प्रमुख अतिथि डा आचार्यले नेपाली भाषा र साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा जति गरे पनि कम हुने बताए ।
सम्मानित साहित्यकार शालिग्राम आचार्यले जीवनको लामो समय साहित्य रचनामा लगाएको फल प्राप्तिले खुसी थपेको बताए ।
अध्यक्ष बलराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष छविलाल आचार्यलगायते कविता वाचन गरेका थिए ।
कार्यक्रम समाजका महासचिव नारायणप्रसाद आचार्यले सञ्चालन गरेका थिए ।
Facebook Comments