मिजोरममा आदिकविको सम्झना

भारतको पूर्वाञ्चल राज्य मिजोरममा नेपाली साहित्य गोष्ठी सम्पन्न भएको छ ।
राज्यमा रहेका नेपाली भाषीहरूको छाता संगठन मिजोरम गोर्खा युवा संघद्वारा २१२ औं भानु जयन्तीको अवसरमा आइलोज जारकोटस्थित रिक्रिएशन सेन्टरमा साहित्यक गोष्ठी आयोजना गरिएको हो ।
गोष्ठीमा साहित्यकार मिनु लक्ष्मी, पूर्णप्रसाद, उदय कुमार, हरिबहादुर थापा, प्रकाश थापा, गुनु घर्ती , विष्णु भण्डारी, धनरुपा थापा, पूर्णिमा गुरुङ तथा रोविन जैसी र बाल प्रतिभा काव्य जैसी, आराधना शर्मा, शाक्षी शर्माले आफ्ना रचना प्रस्तुत गरेका थिए ।
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारेर संस्थाले हरेक वर्ष भानु जयन्ती विशेष साप्ताहिक कार्यक्रम आयोजना गर्दै आएको छ ।
संस्थाले भानु जयन्तीको अवसरमा शुक्रबार विध्यालयस्तरीय चित्रकला तथा निबन्ध लेखन कार्यक्रम सम्पन्न गरेको थियो भने असार २९ गते स्थानीय भान पाहलमा भानुजयन्ती मूल समारोह आयोजना गर्ने भएको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष अनुप क्षेत्रीको अध्यक्षतामा भएको थियो भने सञ्चालन प्राध्यापक शिवराज गुरुङले गरेका थिए ।