WEDNESDAY JUL 29, 2026

संगीतबिना पर्यटन अधुरो

राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयोजनामा संगीत र पर्यटन विषयक गोष्ठी सम्पन्न भएको छ ।

नेपालको पहिलो होम स्टे सिरुबारीमा शुक्रबार भएको उक्त गोष्ठीको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले संगीतबिना पर्यटन अधुरो हुने बताए । उनले भने, ‘हामीले जानेको ज्ञान, विद्या अरुलाई बाँड्नुपर्छ । संगीतामार्फत पर्यटनको विकासमा अघि बढ्नुपर्छ ।’ संविधानसभा सदस्य समेत रहेका उनले गाउँ विकासका लागि सधैं दत्तचित्त रहेको बताउँदै बिदा उनेवित्तिकै सिरुबारी आउने गरेको उल्लेख गरे ।

संस्कृतिविद् प्राडा कुसुमाकर न्यौपानेले संगीतमा निकै ठूलो शक्ति रहेको बताए । संगीत र पर्यटनबारे गोष्ठीपत्र प्रस्तुत गर्दै उनले मन र मस्तिष्क दुवैलाई धक्का दिन सक्ने संगीतले मानवमात्र नभई पशुपंक्षीलाई पनि मन्त्रमुग्ध बनाउने बताए । उनले संगीतको माध्यमबाट पर्यटन प्रवद्र्धनमा उल्लेख्य टेवा मिल्दै आएको उनको भनाइ थियो ।

रेडियो नेपाल प्रादेशिक केन्द्र पोखराका प्रमुख शान्ति गुरुङले संगीत जति बुझ्यो त्यति गहिरो रहेको बताइन् ।

राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय महासचिव विनोद ढकालले हाल देशभर संघका ६२ जिल्लामा शाखा संचालित रहेको बताए ।

कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङ, संस्कृतिकर्मी प्राडा कुसुमाकर न्यौपाने, संघका महासचिव विनोद ढकाल, केन्द्रीय सदस्य शंकर ढकाल, संघका स्याङ्जा प्रमुख सल्लाहकार मुक्तिप्रसाद रेग्मीलाई सम्मान गरिएको थियो ।

सो अवसरमा आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्व पौडेल, गाउँपालिका सदस्य अमन सुनार, गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङ, आँधीखोला गाउँपालिका वडा १ का अध्यक्ष पवनकाजी अधिकारी, संघका केन्द्रीय सदस्यद्वय शंकर ढकाल, ऋषिराम दाहाल, संघका स्याङ्जा शाखाका प्रमुख सल्लाहकार मुक्तिप्रसाद रेग्मी, वाराही मावि पोखराका प्रअ शिवप्रसाद भण्डारी, संघ गण्डकीका मानार्थ सदस्य प्रेमबहादुर रोका, संघका स्याङ्जा अध्यक्ष बुद्धिबहादुर परियार, संघ गण्डकी प्रथम उपाध्यक्ष लीलाराम पौडेल, लायन्स क्लब अफ पोखरा सेन्ट्र«ल सिटीका सचिव इन्द्रप्रसाद ढकाल लगायतको उपस्थिति थियो ।

राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशक अध्यक्ष रामचन्द्र ढकालले संस्थाका गतिविधिबारे प्रकाश पारे । अध्यक्ष ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका द्वितीय उपाध्यक्ष सागर कार्की र संचालन महासचिव बालकृष्ण शर्माले गरेका थिए ।

कलाकारको हकहितमा काम गर्दै आएको संघको विदेशमा पनि शाखा बिस्तार छ । बेलायत, अमेरिका, जापान, दुवई, भारत लगायत राष्ट्र«मा पनि शाखा बिस्तार गरेको संघका महासचिव ढकालले जानकारी दिए ।

Facebook Comments