Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
पोखरा १५ मा बिहीबारदेखि हुने फुटसलको तयारी पूरा – Naulo Khabar
THURSDAY MAR 27, 2025

पोखरा १५ मा बिहीबारदेखि हुने फुटसलको तयारी पूरा

दिव्यज्योति क्लबको आयोजनामा भोलि (बिहीबार) देखि सुरु हुने पहिलो संस्करणको फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ ।

पोखरा महानगरपालिका १५ भित्रका क्लबलाई लक्षित गर्दै ३१ र ३२ गते न्यू एयरपोर्ट फुटसल खेल मैदानमा हुने सो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सह–संयोजक शैलेस गुरुङले जानकारी दिए ।

उनका अनुसार सो प्रतियोगिताको उद्घाटन खेल (बिहान ९ बजे) मा रेन्बो स्कुल र नयाँगाउँ एफसी भिड्नेछन् । उक्त प्रतियोगिताको उद्घाटन पोखरा १५ का वडाध्यक्ष तोरण बाँनियाले उद्घाटन गर्ने सह–संयोजक गुरुङले बताए ।

सो प्रतियोगितामा पोखरा १५ भित्रका कुल २१ टिमको सहभागिता रहेको बताउदै विजतालाई नगद रु ३० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने बताए । यस्तै उपविजेताले नगद रु २० हजार, शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

Facebook Comments