TUESDAY SEP 17, 2024

रानाभाट/भाट जातीलाई छुट्टै जातिमा सुचिकृत गरिने

पोखरा । रानाभाट तथा भाट जातीमा रहेकोे अन्योल छिट्टै अन्त्य हुने भएको छ । रानाभाट तथा भाट जातिलाई छुट्टै जातिमा सुचिकृत गर्ने कार्य अन्तिम अबस्थामा पुगेको छ ।

बुधबार पोखरामा आयोजित एक कार्यक्रममा रानाभाट तथा भाट समाज नेपालका केन्द्रिय उपाध्यक्ष श्रीबहादुर रानाभाटले रानाभाट तथा भाट जाती सुचिकृतको अन्तिम अबस्थामा पुगेको छ । समाजको १० वर्ष देखिको मेहनतको फल प्राप्त हुन लागेको उनले वताए ।

रानाभाट तथा भाट समुदायले सुचिकृत नहुँदा ब्राह्मण र क्षेत्री भित्र आफुलाई राख्दै आएका थिए । आफ्नो छुट्टै भेष भुषा र भाषा भएका विभिन्न थर र गोत्र भएका रानाभाट तथा भाट समुदायलाई छुट्टै जातिमा समाबेश गर्नुपर्ने धारण राख्दै आएका समाजका बुद्धिजीवीले समाजको अभियानले सार्थक पाउनेमा आशावादी रहेको बताए ।

स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण बहादुर रानाभाटले पुनः जागरण बेलाको समाजका गतिविधि वारेमा वताउँदै रानाभाट तथा भाटको आफ्नै मौलिक भाषा रहेको अध्ययनबाट तथ्य फेला परेको वताएकाले अब आफ्नो भाषाको संरक्षण र प्रवद्र्धनमा सबै लाग्नु पर्ने आबश्यकता रहेकोे बताए ।

सो अबसरमा केन्द्रिय सदस्यहरु महेन्द्र रानाभाट, कृष्ण बहादुर रानाभाट, प्रबासी नेपाली समाजका पुर्व अध्यक्ष राम रानाभाट, तनहुँ जिल्ला अध्यक्ष वेल बहादुर रानाभाट, कास्की जिल्ला संस्थापक अध्यक्ष तथा पबित्र सहकारीका अध्यक्ष बुद्धि बहादुर रानाभाटलगाएतले वोलेका थिए ।

प्रदेश समिति अध्यक्ष सुरज रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्षद्वय मिना रानाभाटले स्वागत र प्रेम रानाभाटले धन्यवाद तथा संचालन सचिव शिवबहादुर रानाभाटले गरेका थिए ।

Facebook Comments