Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम – Naulo Khabar
THURSDAY MAR 27, 2025

जीवन ज्योति सेवा केन्द्रको उद्घोषण तालिम

मानवीय सेवा र उद्धारमा समर्पित जीवन ज्योति सेवा केन्द्रले अतिरिक्त कृयाकलाप अन्तर्गत व्यक्तित्व तथा नेतृत्व शिप विकासका लागि दुइ दिने उद्घोषण तालिम मंगलबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाटले व्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेका थिए । कार्यक्रमको सफलताको कामना गर्दै कुनै पनि तालिमले व्यक्तिको क्षमता अभिवृद्धि हुने भएकोले समय मिले सम्म तालिम लिइरहनु पर्ने बताए ।

त्यसै गरी सुचनाको हकको लागि नागरिक अभियान पोखरा महानगरपालिकाका अध्यक्ष अनिल थापा, दर्शन फाउण्डेसनका अध्यक्ष प्रितम सेन लगायतले औपचारिक तथा अनौपचारिक कार्यक्रममा वोल्ने कलाको महत्वपूर्ण भूमिका रहने वताउँदै उद्घोषण तालिमको महत्वको बारेमा बोलेका थिए ।

प्रशिक्षणको सहजकिरण कास्की खबर डट कमका समाचार प्रमुख सागर कार्की गरेका थिए भने तालिममा तनहुँ, स्याङ्जा, म्याग्दी र कास्की जिल्लाका ५० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

केन्द्रकी अध्यक्ष सृजना देवी रिजाल कार्र्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत केन्द्रिय उपाध्यक्ष इन्द्रा कुमारी पुनले र संचालन सचिव तिलुमाया थापा खवासले गरेका थिए ।

Facebook Comments