संरक्षणको पर्खाईमा गोल्मा दरबार

ओझेलमा परेको चन्द्रपुर नगरपालिका–१ मा रहेको ऐतिहासिक गोल्मा राजारानीको दरबार क्षेत्र लाई धार्मीक पर्यटकिय गन्तब्यको रुपमा बिकास गरिने भएको छ ।
पाँच सय बर्ष अघिको शेनबंशिय राजा गोल्मा राजा रानीको दरबार क्षेत्रमा रहेको टुडिखेलमा थाईसरकारको सहयोगमा दुई करोड रुपैया पर्ने साँडे ९ फिटको बैरीबिनाश भगवान बुध्दको मुर्ती स्थापना गरिने भएको छ ।
सो क्षेत्र लाई ध्यानकेन्द्रको रुपमा बिकास गरिने भएको छ । पुरातात्विक महत्व बोकेको सो क्षेत्र लाई धार्मिक पर्यटकिय गन्तब्यको रुपमा बिकास गर्न स्थानीयको सहयोगमा गोल्माराजा बौध्द बिहार जुटेको छ ।
सो क्षेत्रको बिकासमा स्थानीयले श्रमदान गरी बाटो निर्माण गरिसकेका छन भने जङ्गलको संरक्षण गर्दै बिदेशमा रहेका नेपालीहरुले कुटीको निर्माण गरिदिएका छन । सो क्षेत्रमा बेल र पारिजातका फुलहरु समेत रहेका छन । आउदो मंसिर १० गते भित्र बैरीबिनाश भगवान बुध्दको मुर्ती स्थापना हुने भिक्षु मेधंकर स्थबिरले बताउनु भयो ।
उहाँका अनुसार ऐतिहासिक, पुरातात्वीक र किम्बदन्ति महत्व रहेको सो क्षेत्रको पहिचान गर्ने मात्र हैन पर्यटकि धरोहरको रुपमा रहेको क्षेत्रको संरक्षणमा सबैको एकताको खाचो रहेको बताउनु भयो ।
ऐतिहासिक रहेको गोल्माराजाको दरबारको ईट्टा लगेर पौराई स्थित ब्रम्हस्थानमा रहेको ईनारमा प्रयोग गरिएको छ भने ०११ सालतिर मानब बस्तिको बिस्तार संगै अलपत्र रहेको सो दरबारको ईट्टाको प्रयोग गरी स्थानीयले घर समेत निर्माण गरेको स्थानीयले बताएका छन । भग्नाबशेष रहेको दरबारको जीर्णोदारमा स्थानीयले जोड दिएका छ ।
तीनै तहको सरकार बाट ओझेलमा परेको सो क्षेत्रको संरक्षणमा भिक्षु मेधंकर स्थबिरले देखाएको चासोमा स्थानीयको भने सहयोग रहेको स्थानीय गोपाल घिमिरेले बताउनु भयो । चन्द्रपुर नगरपालिका वडानम्बर १ स्थित गैरीगाँउबाट आधा घण्टाको उकालोमा दरबारको टुडिखेल पुगिन्छ भने टुडिखेल बाट १५ मिनेट ओरालो र उकालो चढेपछि गोल्मा राजा रानीको दरवार रहेको स्थानमा पुगिने स्थानीय समिरबाबु कार्कीले बताउनु भयो ।
दरबार क्षेत्रमा रहेको टुडिखेलमा गोल्मा राजाको शैनिकले परेड खेल्ने स्थानीय बृढापाकाहरु बताउछन । चन्द्रपुर वडा नम्बर १ का पुर्व अध्यक्ष बिरु राना मगरले दरवारको जीर्णोद्धार गरेर सङ्गग्राहलयको रुपमा बिकास गर्न सकिने बताउनु भयो ।
उहाँका अनुसार दरबारबाट स्थानीयले पुरानो गोल्कि पैसा, जाँतो, तरवार लगाएतका सामान स्थानीयसंग अझै सुरक्षित रहेको बताउनुभयो । दरवार रहेको स्थानमा अझै त्यस बेलाको ईट्टा, काटिएका ढुंगा रहेको छ । चन्द्रपुर नगरपालिका प्रमुख संजय कुमार काफ्लेले शेनबंशिय राजा गोल्मा राजा रानीको दरबारको जिर्णोद्धार र टुडिखेल लाई समेत उपयोग गरेर पर्यटकिय क्षेत्र बनाउन सकिने बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमलसिनाले गोल्मराजाको दरवारको संरक्षणमा सबै जुटनु पर्ने बताउनु भयो । दरबारको बिषयमा पुरातत्व बिभाग लाई जानकारी भैसकेको बताउनु हुदै उहाले यसको संरक्षण र प्रबद्धनमा सबैपक्ष जुटने हो भने मधेश प्रदेशकै पर्यटकिय गन्तब्य बन्ने छ ।