‘पोषिलो’को ब्रान्ड एम्बेस्डर सुकदेव कार्की
पोषणयुक्त आहार उत्पादन गर्दै आएको ‘पोषिलो फुड्स प्रा.लि.ले शारिरीक सुगठन खेलाडी सुकदेव कार्कीलाई कम्पनीको ब्रान्ड एम्बेस्डर घोषणा गरेको छ । आइतबार पोखरामा एक कार्यक्रम गरी कम्पनीले कार्कीलाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो ।
कार्की फिटनेस इन्फ्लुएन्सर र ट्रेनर हुन् । एनवाई एफसी नेपाल नामक समूहबाट शारीरिक व्यायामबारे कार्कीले अभियान पनि चलाइरहेका छन् । उनले आधुनिकीकरणसँगै मान्छेको व्यस्तताले बढेकाले शारीरिक व्यायाममा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए ।
‘व्यायाम गर्दा विभिन्न पौष्टिक तत्वहरु हाम्रो शरीरले माग गर्छ । ती तत्वहरु पु¥याउन सकेनौं भने पनि व्यायाम गर्नुको औचित्य रहँदैन,’ पोषिलोका ब्रान्ड एम्बेस्डर कार्कीले भने, ‘त्यसकै लागि हामीले शरीरको आवश्यकताअनुसार अतिरिक्त पोषणतत्वहरु खानुपर्ने हुन्छ ।’
परम्परागत रुपमा नेपालीले प्रयोग गर्र्दै आएको सातुलाई ‘ब्रान्डिङ’ गर्न पौष्टिक आहारयुक्त उत्पादन सुरु गरेको पोषिलो फुड्सका प्रवन्ध निर्देशक पृथ्वीकल्याण पराजुलीले जानकारी दिए । कम्पनीले ४ थरि सातु उत्पादन गरिरहेको र त्यसमा नेपालमै उत्पादित खाद्यान्नको प्रयोग गरिएको दाबी पराजुलीको छ ।
‘हामीबाट उत्पादित सातुका प्रोडक्टहरु बच्चादेखि वयष्क र वृद्धासम्मका लागि उपयुक्त हुने गरी तयार पारेका छौं । शारीरिक व्यायाम गर्ने खेलाडी र गर्भवती महिलाका लागि पनि पोषिलो सातु उत्पादन गर्दैै आएका छौं,’ पराजुलीले भने, ‘जसलाई जस्तो पोषणतत्व आवश्यक पर्छ सोहीअनुसार पोषिलो अन्न तथा खानेकुराको सम्मिश्रणबाट उत्पादन तयार पारेका छौं ।’
कम्पनीले मल्टीग्रेन सातु, नट्टी डिलाइट सातु, प्रोटिन प्लस सातु, न्यट्री प्लस सातु उत्पादन गर्दै आइरहेको छ । २ वर्षअघिबाट उत्पादन सुरु गरेको पोषिलोले हाल आफ्ना उत्पादन नेपालका पोखरासहित विराटनगर, काठमाडौं, चितवन, बिर्तामोड, इटहरीलगायत सहरमा वितरकमार्फत पुगिसकेको र चाँडै अन्तर्राष्ट्रियस्तरमा पु¥याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।