FRIDAY OCT 04, 2024

‘पराजयको जिम्मेदवारी मै लिन्छु, दोष कसैलाई दिन्न’ : पहारी

गण्डकी प्रदेशका निवर्तमान सांसद राजीव पहारीले भर्खरै सम्पन्न निर्वाचनमा आफुलाई सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गरेका छन् । गण्डकी प्रदेश कास्की क्षेत्र नम्बर ३ मा आफु पराजित भएसंगै उनले विजयी उम्मेदवार गठबन्धनका साझा उम्मदेवार प्रकास बराललाई बधाई ज्ञापन समेत गरे । ‘लोकतन्त्रमा हारजित निर्बाचनको स्वभाबिक प्रकृया हो । निर्वाचनमा बिजेता बन्नु भनेको जनता बाट जिम्मेवारी प्राप्त गर्नु हो र उप बिजेता बन्नु भनेको जनताको बिचमा रहेर जनताका समस्याहरु समाधान गर्न निरन्तर खबरदारी गर्नु हो भन्ने मेरो बुझाई छ । यहि मसिर ४ गते सम्पन्न भएको निर्बाचनमा मप्रति व्यक्त गर्नुभएको माया, सद्भाव र अमूल्य मतका लागि कास्की ३(२) का आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । निर्वाचन अभियानका क्रममा प्राप्त बुवाआमाहरुको आशीर्वाद, युवाहरुको उर्जा, पार्टी पंक्ति नेता/कार्यकर्ताको समसाथप्रति म आभारी छु’–पहारीले भनेका छन् ।

पहारीले विगत दुई महिनादेखि सफलताको सङ्कल्प बोकेर निर्वाचनमा खटिने पार्टी नेता/कार्यकर्ता कमरेडहरु, घर दैलो गर्नुहुने आमा दिदीबहिनीहरु, अभियानमा जुटेका साथीहरु, मतदानकै लागि देश बिदेशबाट छुट्टी मिलाएर आएका शुभचिन्तक, माहौल सिर्जना गर्न अहोपात्र खटिने सिर्जनशिल कलाकार र स्वयंसेवकहरु सबैप्रति कृतज्ञ रहेको जनाएका छन् । ‘भौतिक रुपमा उपस्थित हुन नसके पनि विभिन्न माध्यमबाट मलाई शुभकामना व्यक्त गर्नु हुने एवं प्रत्यक्ष/अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु । निर्बाचन अभियानको सार्थक कभरेजका लागि सबै सञ्चारकर्मीहरु र निर्वाचन सम्पन्न गराउने कार्यका लागि मुख्य निर्वाचन अधिकृत, मतदान अधिकृत, प्रशासन, सुरक्षाकर्मीहरू र कर्मचारी मित्रहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु–पहारीले आभार वक्तव्यमा उल्लेख गरेका छन् ।

निर्वाचन पराजयको जिम्मेदवारी आँफैले लिंदै उनले भनेका छन्– ‘निर्बाचन जित्दा मेरो कारणले र हार्दा अरुका कारणले भनि आरोप प्रत्यारोप प्रवृत्तिबाट माथि उठि यस प्रतिकूल परिणामको नैतिक जिम्मेवारी म मेरै काँधमा लिन्छु । यस परिणामको ठण्डा दिमागले बस्तुनिष्ठ समिक्षा गर्दै यसलाई भबिष्यको राजनीतिक मार्ग दिशाकालागि पाठको रुपमा ग्रहण गर्ने बाचा गर्दछु ।’

पहारीको वक्तव्यको विस्तृत विवरण :

सम्पुर्णमा हार्दिक धन्यवाद तथा आभार !!

श्रद्देय शुभचिन्तक/मतदाताज्यू ।

लोकतन्त्रमा हारजित निर्बाचनको स्वभाबिक प्रकृया हो । निर्वाचनमा बिजेता बन्नु भनेको जनता बाट जिम्मेवारी प्राप्त गर्नु हो र उप बिजेता बन्नु भनेको जनताको बिचमा रहेर जनताका समस्याहरु समाधान गर्न निरन्तर खबरदारी गर्नु हो भन्ने मेरो बुझाई छ । यहि मसिर ४ गते सम्पन्न भएको निर्बाचनमा मप्रति व्यक्त गर्नुभएको माया, सद्भाव र अमूल्य मतका लागि कास्की ३(२) का आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । निर्वाचन अभियानका क्रममा प्राप्त बुवाआमाहरुको आशीर्वाद, युवाहरुको उर्जा, पार्टी पंक्ति नेता÷कार्यकर्ताको समसाथप्रति म आभारी छु । तपाईहरुको अवर्णनीय विश्वास मेरा निम्ति हमेशा प्रेरणाका स्रोत बनिरहने छन् । गएको दुई महिनादेखि सफलताको एक मात्र सङ्कल्प बोकेर निर्वाचनमा खटिने पार्टी नेता÷कार्यकर्ता कमरेडहरु, घर दैलो गर्नुहुने आमा दिदीबहिनीहरु, अभियानमा जोडिनु हुने साथीहरु, मतदानकै लागि देश बिदेशबाट छुट्टी मिलाएर आउनु हुने प्रियजनहरु, माहौल सिर्जना गर्न अहोपात्र खटिने सिर्जनशिल कलाकार मित्रहरु र स्वयंसेवक साथीहरु सबैप्रति कृतज्ञ छु । भौतिक रुपमा उपस्थित हुन नसके पनि विभिन्न माध्यमबाट मलाई शुभकामना व्यक्त गर्नु हुने एवं प्रत्यक्ष÷अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु । निर्बाचन अभियानको सार्थक कभरेजका लागि सबै सञ्चारकर्मीहरु र निर्वाचन सम्पन्न गराउने कार्यका लागि मुख्य निर्वाचन अधिकृत, मतदान अधिकृत, प्रशासन, सुरक्षाकर्मीहरू र कर्मचारी मित्रहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु ।

तपाईहरुको सद्भाब र शुभकामना अनि निर्बाचन परिचालन समितिको अथक प्रयाशका बाबजुद पनि हाम्रो अभियान नतिजामुखि हुन सकेन । तपाईंहरूको विश्वासलाई मत संख्याको परिणाममा बदल्न नसकेकोमा म क्षमा प्रार्थी छु । निर्बाचन जित्दा मेरो कारणले र हार्दा अरुका कारणले भनि आरोप प्रत्यारोप प्रवृत्तिबाट माथि उठि यस प्रतिकूल परिणामको नैतिक जिम्मेवारी म मेरै काँधमा लिन्छु । यस परिणामको ठण्डा दिमागले बस्तुनिष्ठ समिक्षा गर्दै यसलाई भबिष्यको राजनीतिक मार्ग दिशाकालागि पाठको रुपमा ग्रहण गर्ने बाचा गर्दछु ।

म प्रदेश सभामा पुनः दोहोरिएर पुग्न नसके पनि यस प्रदेश र राजनीतिक आन्दोलनको उज्ज्वल भविष्यप्रति ममा कुनै सन्देह छैन। एक से एक काबिल युवा पुस्ता र अनुभबि अग्रज नेतागणकौ गुणस्तरिय उपश्थिति रहेकोले सदनमा जनताका आवाज हाम्रा पार्टीका तर्फबाट बुलन्द हुनेमा म बिश्वस्त छु ।

कानुनी हैसियतले जनप्रतिनिधिको भूमिकामा नरहे पनि तपाईंको मन–प्रतिनिधिका रुपमा दुःख सुखका हरेक पलमा तपाईंहरुले मलाई छांया प्रतिनिधिको रुपमा साथमा पाउनु हुनेछ । म हिजो पनि किशोरवय देखि नै तपाईंको साथमा थिएं,आज पनि छु र भोलि पनि रहि रहनेछु । निर्बाचनको हार जितको परिणामले मेरो राजनीतिक जीवन, कृयाशिलता र बिकास अभियानमा रत्तिभर फरक पर्ने छैन । मेरो सिङ्गो जीवन राष्ट्र र जनताको हित, जिल्लाको समग्र विकास र जिल्लावासीहरुको सेवामा समर्पित रहने प्रण गर्दछु ।

प्रदेश सभा सदस्यका रुपमा निर्वाचित हुनुभएकोमा सत्ता गठबन्धनका उम्मेदवार ने.का.का मेरा मित्र प्रकाश बराललाई हार्दिक वधाइ र सफल कार्यकालका लागि शुभकामना ।

अन्त्यमा आज, भोलि र सधै तपाईं सम्पूर्णको अझ बढि आत्मियता, समसाथ, सुझाब, मार्ग निर्देशन र शुभचिन्तनाको अपेक्षा गर्दछु ।

धन्यवाद । लाल सलाम ।।

राजिव पहारी
उम्मेदवार
कास्की निर्बाचन क्षेत्र नं.३(२)
के.स., ने.क.पा.(एमाले)

Facebook Comments