Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
नेपथ्य लाइभ कन्सर्टका टिकट पोखरामा धमाधम विक्री हुँदै, अनलाइनबाट समेत लिन सकिने – Naulo Khabar
SUNDAY APR 20, 2025

नेपथ्य लाइभ कन्सर्टका टिकट पोखरामा धमाधम विक्री हुँदै, अनलाइनबाट समेत लिन सकिने

मानवसेवा आश्रम पोखरामा आश्रित असहाय तथा सहाराविहिन मानवहरुको सहयोगार्थ हुन लागेको मानवताका लागि साङ्गीतिक यात्रा ‘नेपथ्य लाइभ कन्सर्ट’को टिकट विक्री शुरू भएको छ ।
मानवता प्रवद्र्धनसहित पोखरा महानगरपालिका–२५, हेम्जास्थित बबियातरामा बन्दै गरेका मानवसेवा आश्रमकोे भवन निर्माणलाई पूर्णता दिन र आश्रमका आमाबुवाहरूको स्वास्थ्य उपचार एवं आपतकालिन अक्षयकोष स्थापनार्थ पोखराको प्रदर्शनी केन्द्रमा आउँदो पौष १२ गते कन्सर्ट हुँदैछ ।

आश्रमका कोषाध्यक्ष होमनाथ तिमिल्सिनाका अनुसार लाइभ कन्सर्टको टिकट पोखरा महानगरपालिका–१६ छोरेपाटन र वडा नम्बर २५ स्थित हेम्जाको बबियातरामा रहेको सेवा केन्द्रबाट प्राप्त गर्न सकिने आश्रमले जनाएको छ ।

त्यस्तै टिकेटिङ पार्टनरको रूपमा रहेको थुप्रै डटकम ( Nepathya Live Concert Pokhara | Thuprai) वा इ–सेवा ( eSewa – Official Ticket Portal (esewaevents.com)) बाट पनि टिकट प्राप्त गर्न सकिने जनाइएको छ ।

Facebook Comments