Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
१७ औं लेखनाथ महोत्सव शुरु, परनिर्भरताले अर्थतन्त्रमा समस्या – अर्थमन्त्री शर्मा – Naulo Khabar
SUNDAY APR 20, 2025

१७ औं लेखनाथ महोत्सव शुरु, परनिर्भरताले अर्थतन्त्रमा समस्या – अर्थमन्त्री शर्मा

नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले मुलुको अर्थतन्त्र सुदृढका लागि कृषि, पर्यटन र उर्जाको क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

१७ औं लेखनाथ महोत्सवको विहिबार लेखनाथमा उद्घाटन गर्दै, मन्त्री शर्माले आयातलाई प्रतिस्थापन गर्न कृर्षिमा आत्मनिर्भर, पर्यटनको प्रर्वद्धन र विकास एवं उर्जाको खपत बढाउनु पर्नेमा जोड दिए ।

मन्त्री शर्माले खाद्यान्न देखी विलासिताका बस्तुहरुको आयातमा मुलुकको ठुलो आर्थिक हिस्सा खर्चनु पर्दा विदेशी मुद्राको संचिती घटेको उल्लेख गर्दै, परनिर्भरता बढ्दै गएको बताए ।

कृर्षि उत्पादनमा आत्मनिर्भर हुन सके अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने उल्लेख गर्दै, नीजि क्षेत्रले त्यसमा लगानी गर्न आग्रह गरे ।

मन्त्री शर्माले पछिल्लो समय आतिथ्यताको क्षेत्रमा लगानी बढ्दै गएको उल्लेख गर्दै, पर्यटकको बसाई लम्ब्याउने खालका कार्यक्रम ल्याउन समेत नीजि क्षेत्रलाई आग्रह गरे । उनले गण्डकी प्रदेशमा पर्यटन पूर्वाधारको विकासमा फ्डको मारेको स्पष्ट पार्दै, लगानीका नयाँ क्षेत्र खोज्न सुझाव दिए । उनले नीजि क्षेत्र सरकारको ७० प्रतिशतको साँझेदार भएको उल्लेख गर्दै, आत्मनिर्भर हुने परियोजनामा राज्यले छुटको व्यवस्था समेत गरेको बताए ।

मन्त्री शर्माले पोखरा देखी काठमाण्डौंसम्मको यात्रालाई दुई घण्टामा व्यवस्थापन गर्ने गरी योजना बनाएको उल्लेख गर्दै, अहिलेको सडक विस्तार योजनामा भएका त्रुटीलाई सुधार गरेर अघि वढ्ने बताए ।

मन्त्री शर्माले कोभिड र रुस एंव युक्रेनको द्धन्दका कारण नेपालको अर्थतन्त्रमा समेत प्रभाव परेको उल्लेख गर्दै, राज्यले त्यसमा सुधार हुने गरी नीतिगत निर्णय गरेर अघि बढ्ने बताए । रेमिट्यान्स घट्दा र गैरकानुनी तरिकाले हाइफर फण्ड, क्रिप्टोकरेन्सी लगायतका क्षेत्रमा लगानी हुँदा समेत अर्थतन्त्रमा समस्या परेको बताए ।

पँुजिगत खर्च बढाउन अन्तर मन्त्रालयका विच समन्वयको अभाव देखिएको उल्लेख गर्दै मन्त्री शर्माले त्यसमा गंभिर रहेको बताए ।

कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं संघीय सांसद खगराज अधिकारीले विश्वव्यापी कोभिडको प्रभावले शिथिल भएको अर्थतन्त्रमा व्यापार मेलाहरुले विस्तारै गतिलिने बताए । उनले स्थानीय तहको पुर्नसंरचना हतारमा भएको उल्लेख गर्दै, त्यसमा सुधारको आवश्यकता रहेको उल्लेख गरे । पोखरा महानगरपालिका भौगोलिक हिसावले ठुलो हुँदा सेवा प्रवाहमा चुस्तता हुन नसकेको उल्लेख गर्दै, वडा थप्ने वा स्थानीय तह थप्ने भन्ने बहस चलेको बताए ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्यको पूँजिगत खर्च गर्ने पद्दती नमिलेको बताए । उनले तीन तहका सरकारका विचमा समन्वय नभएको, विकास आयोजनाको खर्च समयमा नहुँदा बजारमा तरलताको अवस्था आएको बताए ।

पूर्वमन्त्री एवं नेपाली काग्रेसका नेता यज्ञवहादुर थापाले लेखनाथका व्यवसायीहरुमा राजनितिक मनमुटाव नभई एकताका कारणले मेला महोत्सव सफल हुँदै आएको बताए ।

संघका अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षमा भएको कार्यक्रममा नेपाली काग्रेसका गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, कास्की सभापति किशोर बराल, नेकपा माओवादी केन्द्र कास्कीका नेता बखान सिंह तमु, नेकपा एमाले कास्कीका उपाध्यक्ष तेजनारायण अधिकारी, नवलपुर उद्योग बाणिज्य संघका अध्यक्ष डासुराम पोखरेल, इकोप्यानलका सुवोध त्रिपाठी, लेखनाथ उद्योग बाणिज्य संघका उपमहासचिव जानुका पराजुली लगायतले महोत्सवका सम्वन्धमा धारणा व्यक्त गरेका थिए । कार्यक्रमको संचालन महासचिव उपेन्द्र सुवेदी राजु र बरिष्ठ उद्घोषक नेत्रपाणी वास्तोलाले गरेका थिए ।

आज देखी शुरु भएको महोत्सव चैत्र ७ गतेसम्म संचालन हुनेछ । महोत्सवमा विभिन्न बस्तु तथा सेवाका तीन सय भन्दा बढी स्टलहरु राखिएका छन् । मनोरञ्जनका लागि बालउद्यान, युवा पुस्ताका लागि गायन, लोकदोहोरी, महिलाहरुको रत्यौली गीत प्रतियोगिता सहित दैनिक स्टेजमा मनोरञ्जनात्मक कार्यक्रमहरु राखिएका छन् ।

Facebook Comments