Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकीको संयोजकमा थापा – Naulo Khabar
SUNDAY APR 20, 2025

कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकीको संयोजकमा थापा

कृषि विकास बैंक कर्मचारी संघ नेपाल गण्डकी प्रदेशको संयोजकमा सन्तोष थापा सर्वसम्मत चयन भएका छन् ।

समितिको सह–संयोजकमा सुमन सुबेदी चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा डोलराज गैह्रे, भिम बहादुर थापा, सन्दीप अधिकारी, कुशल तिवारी, संगीता पहारी, याम प्रसाद भुषाल, शर्मिला गौतम, रामचन्द्र अधिकारी, सरस्वती पाण्डे र सुनिल ढेवाजु छन् । समितिले एक जना सदस्य पछि थप गर्ने निर्णय गरेको छ ।

यस्तै, भेलाले ९ जना सल्लाहकार समितिपनि चयन गरेको नवनिर्वाचित संयोजक थापाले जानकारी दिए । भेलाले आज नै प्रदेशभरका ११ जिल्लाको जिल्ला समिति पनि चयन गरेको छ ।

“बिशुद्द पेशागत हक हितका लागी कर्मचारी एकता, पारदर्शी र गतिशील ब्यबस्थापन आजको आबश्यकता” भन्ने उद्देश्यका साथ भेला सम्पन्न भएको हो ।

यसअघि, कृषि विकास बैंक कर्मचारी संघ नेपालका केन्द्रिय संयोजक लिला जि.सीले कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममको उद्घाटन गर्दै उनले पेशागत हकहितका लागि संघका कर्मचारी गोलबद्ध हुन आवश्यक रहेको बताए ।

बैंकका गण्डकी प्रदेश निर्देशक घनेन्द्र अधिकारी, सचिवालय सदस्य नरहरी प्रसाद दुलाल, पेशगत महासंघ केन्द्रिय सदस्य तथा संघका सल्लाहाकार महेश प्रसाद पौडेल, पुर्व कर्मचारीहरु टेकराज तिमल्सीना, झलक बहादुर भण्डारी ,रत्न बहादुर महत, बैंकका कर्मचारी हिमलाल श्रेष्ठ र ऋषिराम रेग्मी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

कृषि बिकास बैंक कर्मचारी संघ नेपालका गण्डकी प्रदेश संयोजक भेषराज घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संगीता पहारी र सञ्चालन सुमन सुबेदीले गरेका थिए । कार्यक्रममा ९० जनाको उपस्थिती थियो ।

Facebook Comments