TUESDAY JAN 14, 2025

गुडिया बनाउन सिक्दै महिलाहरु

पोखरा १० रामबजारका महिलाहरुले गुडिया बनाउने ज्ञान सिक्न शुरु गरेका छन् । कालिका मन्दिर परिसर महिला समूहको आयोजना तथा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० को सहआयोजनामा सोमबारदेखि तालिम सुरु भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा महिला सदस्य निशा मल्ल ठकुरीले महिलालाई आयआर्जनमा लाग्नका लागि सिपको खाँचो रहेको बताइन् । तालिमबाट सिकेको ज्ञान महिलाहरुको जिविकोपार्जनमा सहयोगी हुने उहाँको विश्वास छ ।

अमरसिंह महिला समूह तथा विधाता हस्तकलाका सञ्चालक सबिता श्रेष्ठ रञ्जितले हस्तकलाका सामानमा आकर्षण बढेको बताइन् । ‘गुडिया र कुुशनको बजार राम्रो छ,’ उनले भनिन् । उनी तालिमको प्रमुख प्रशिक्षक समेत हुन् । महिलाहरुले १ महिनासम्म गुडिया तथा कुशन बनाउन सिक्नेछन् । तालिममा २५ जना स्थानीय महिलाहरु सहभागी छन् ।

Facebook Comments