SATURDAY NOV 02, 2024

हेमजामा ३ दिने नेतृत्व विकास प्रशिक्षण सम्पन्न

गोबिन्द तिमिल्सना  । पोखरा लेखनाथ महानगरपालिका वडा न. २५ हेमजामा महिलाहरुको लागि ३ दिने नेतृत्व विकास तालिम आइतबार सम्पन्न भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा न. २५ को वडा कार्यलयको सभाकक्षमा भएको तालिममा पोखरा लेखनाथ महानगरपालिकाका ४५ महिलाहरुको सहभागिता रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखा तथा हेमजा उपशाखाको आयोजना सुरु गरिएको कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाको आर्थिक सहयोग रहेको थियो ।

समापन समारोहमा बोल्दै पोखरा लेखनाथ महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष सोभाकर तिमिल्सिनाले आफै अगाडि बढ्नुपर्ने र आफ्ना कमि कमजोरी पहिल्यै आफनो कमजोरीको सुधार गर्नुपर्ने बताए । समाजमा फलानाको श्रीमती भने होइन आफ्नै नामबाट चिनिनुपर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका कोषाध्यक्ष कृष्ण प्रसाद पौडेलले तालिम छोटो समय भएको भन्दै विभिन्न समयमा भएका यस्तै तालिममा एउटै अनुहार नदोरिने र यस्तो सिकाइ अरुलाइ पनि सिक्ने अबसर दिनुपर्ने बताए ।

पोखरा लेखनाथ महानगरपालिका वडा न. २५ का वडा सदस्य जित बहादुर कार्कीले तालिम मात्र लिएर चुप लागेर नबस्न आग्रह गर्दै सिकेको कुरा ब्यबहारमा कार्यान्वयन गर्नुपर्ने बताए । समारोहमा बोल्दै एउटैले मात्र सधै मौका दिनु भन्दा अरुलाइ पनि यस्ता तालिममा सहभागि गराउनु पर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटी कास्की शाखा तथा हेमजा उपशाखाको आयोजना गरिएको तालिममा सहभागि भएका सहभागिहरु शर्मिला सापकोटा र बिष्णु शर्माले यो तालिमबाट धेरै कुरा सिकेको र तालिम अत्यन्त उपलब्धिमुलक भएको बताए ।

रेडक्रस उपशाखा हेमजाकी सदस्य साथै लैङगिक तथा समावेशीकरण संयोजक रमा त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उपशाखा सचिव तिलक तिमिल्सिनाले सञ्चालन गरेका थिए ।

Facebook Comments