SATURDAY APR 20, 2024

पल्पी र ह्याप्पी ब्राण्डका दुई उत्पादनको प्रदेश ४ नं. मा शुभारम्भ क्वालिटी भयो भने पोख्रेलीले बढी पैसा तिर्न कन्जुस्याइँ गर्दैननस्मेयर जि.सी

पोखरा लेखनाथ महानगरका मेयर मान बहादुर जि.सीले विदेशी सामान प्रयोग गरेर देशको पैसालाई अरु देशमा पठाउनु भन्दा स्वदेशकै सामानलाई प्रयोग गरि स्वदेशमा नै स्थिर राख्न र स्वदेशी सामान प्रयोग गर्न आग्रह गरेका छन । चितवनको युनाइटेड वेभरेज प्रा.लिको पल्पी र ह्याप्पी ब्राण्डका दुई उत्पादनको प्रदेश नं.४ मा बजार प्रबर्द्धन शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।

मेयर जि।सीले युनाइटेड वेभरेज प्रा।लिका उत्पादन पल्पी र ह्याप्पी ब्राण्डमा क्वालिटी भयो भने पोख्रेली जनताले १र२ रुपैयाँ बढी पैसा तिर्न कन्जुस्याइँ नगर्ने समेत बताए । उक्त कम्पनी जुस उद्योगमा मात्र सिमित नभई बहुउत्पादनको कम्पनी बनोस भन्ने शुभकामनासगै उनले उद्योगपतिको साथमा आफुहरु जस्ता गफ गर्दिने हरु पनि रहेको बताए । आफुहरुको पल्पी र ह्याप्पी ब्राण्ड शुद्ध फलफुलहरुको स्वाद र स्वस्थकर रहेको कम्पनीले दावी गरेको छ ।

विदेशमा बसेर सिकेको प्रविधिलाई स्वदेश भित्राएर सोहि प्रविधिलाई विश्व बजारसम्म लैजाने योजना बनाएको गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष तथा कम्पनी संचालक सोम सापकोटाले बताए । दुई वटा स्वादबाट सुरु गरेको उत्पादनलाई उपभोक्ताको मागलाई मध्यनजर गरि हाल कम्पनीले नेपाल सरकारका उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवबाट उद्घाटन गरि अन्य विभिन्न स्वाद थप गरेको प्रा।लिका अध्यक्ष भेषराज दवाडीले जानकारी दिनुभएको छ ।

उक्त कम्पनीमा नेपालका उद्योगी, गैरआवासीय नेपाली तथा विदेशबाट फर्केर नेपालमा विभिन्न क्षेत्रमा काम गरिरहेको युवाहरुको समूह ‘युथ भिजन इन्भेष्टमेन्ट कम्पनी को समेत लगानी रहेको छ । चितवन जिल्लाको रत्ननगर नगरपालिका-१० मा वि.स २०७१ साल चैत २१ गते बिधिवत रुपमा स्थापना भएको युनाइटेड वेभरेज प्रा।लिले विगत ५ वर्ष देखि पल्पी ब्राण्डको जुस बजारमा पुराउदै आएको छ ।

प्रत्यक्ष र अप्रत्यक्ष गरि २०० जना बढीले रोजगारी पाएको उक्त कम्पनीले नेपालका विभिन्न ठाँउमा गएर बजार प्रवर्द्धन गर्ने छ । अन्तर्राष्ट्रिय स्तरको गुणस्तर भएको उक्त जुस विदेशमा समेत निर्यात गर्न सकिने छ । स्वदेशी उत्पादनको सम्भावना धेरै भएसगै चुनौती पनि धेरै रहेको र देशलाई आत्मनिर्भर बनाउन सरकारले विशेष खालको नितिसगै बाहिरी मुलुकबाट आयात गरिने कच्चापदार्थको भन्सार दर न्यून गर्न समेत प्रा।लिका अध्यक्ष भेषराज दवाडीले आग्रह गर्नुभएको छ ।

पल्पी जुस उत्पादनका लागि आवश्यक पर्ने पल्प प्रोसेसिङ प्लान्टलाई स्वदेशमा नै उत्पादन गर्न सरकारले नतिजामुखी भुमिका खेल्नु जरुरी देखिन्छ ।

Facebook Comments