मादिमा बिद्यालय स्तरीय पढाई प्रतियोगिता सम्पन्न

कृष्ण रानाभाट । ४५ औं बिश्व बाताबरण दिवसको अबसरमा मादी गाउँ पालिका वडा नं. ८ नागीधार, पाखुरीबोटमा रहेको प्रभात आधारभूत बिद्यालयको आयोजनामा विविध कार्यक्रम गरेको छ ।
गाउँपालिकाको आर्थिक सहयोग तथा बाल हितकारी परियोजना नेपाल द्वारा संचालित प्रारम्भिक कक्षा पढाई कार्यक्रमको प्राबिधिक सहयोगमा बिद्यालय स्तरीय पढाई प्रतियोगिता मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष यमबहादुर गुरुङ ले बालबालिकालाई कसरी पढ्ने भन्ने सिकाउनु पर्ने बताउँदै छोराछोरी भबिश्यको कर्णधार हुन उनिहरुलाइ बर्तमानको साँझेदार बनाउन लाग्नुपर्ने बताए ।
उक्त प्रतियोगितामा मादी गाउँ पालिका वडा नं. ८ मा रहेका ६ वटा बिद्यालय सहभागी भएका थिए । कक्षा १ देखि कक्षा ३ सम्मका बिध्यार्थीहरुले भाग लिएका थिए । कक्षा १ बाट सिद्ध आबि, पोसिका सुहाम गुरुङ, कक्षा २ बाट प्रभात आबिका खुशी भुजेल र कक्षा ३ बाट दिपज्योती आबिका सागर नेपाली प्रथम भएका थिए ।
साबिक मिजुरेडाडा गाबिस अन्तर्गतका ११ वटा बिद्यालयमा दुई बर्ष देखि संचालन भइरहेको कार्यक्रमको दिगोपनाको लागि वडालाई नै हस्तान्तरण गर्दै गर्दा उक्त प्रतियोगिता गरिएको सि.ड्ब्लु. एस. एन. प्रा.क.प.का सामाजिक परिचालक अधिकृत चन्द्र श्रीसले बताए ।
साथै उक्त कार्यक्रमले बिद्यालय र अभिभावक बीचको दुरि घटाउनु, बालबालिकाको पढाईमा अभिभावकहरु प्रत्यक्ष सहभागी हुने जस्ता उद्देश्य राखी कास्की जिल्लामा संचालन भएको उनले बताए ।
वडा कार्यलय ८ का अध्यक्ष यमबहादुर गुरुङले सिद्ध आधारभूत बिद्यालयको सेवा क्षेत्रमा गठित जनजागृती टोल पढाई समुह, पोर्क्यु र सिद्ध टोल पढाई समुह, पोसिलाइ टोपस दीगोपनाको लागि वडा कार्यलयले ह्वाइट बोर्ड, कार्पेट लगाएत शैक्षिक सामाग्रीहरु प्रदान गरिएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य समाजसेवी खड्गजंग गुरुङ, नारायण आबि, रबै डाडाका शिक्षक इन्द्र बरालले दिएका थिए ।
बिद्यालयले हाजिर जवाफ प्रतियोगिता पनि गरेको थियो । प्रतियोगितामा शिक्षक अभिभावक संघका अध्यक्ष श्यामबहादुर सुबेदी, प्रधानाध्यापक चन्द्रकान्त पौडेललगाएतले पुरस्कार बितरण गरेका थिए ।
बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष लालदेबी घलेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक कोपिला बरालले र संचालन गणेशराज अधिकारीले गरेका थिए ।