SUNDAY JUL 04, 2021

विख्यात फेसन डिजाइनर केट मृत फेला

विख्यात फेसन डिजाइनर केट स्पेड मृत भेटिएकी छन् । उनी आफ्नो न्यूयोर्कस्थित म्यानहट्टन अपार्टमेन्टमा बुधबार मृत अवस्थामा भेटिएकी हुन् ।

न्यूयोर्क प्रहरीले केट आफ्नै अपार्टमेन्टमा मृत फेला परेको पुष्टि गरेको छ । केटलाई उनकी घरेलु कामदारले अचेत अवस्थामा फेला पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

बीबीसीका अनुसार प्रहरीले मृत्युबारे अनुसन्धान शुरु गरेको जनाएको छ । सुसाइड नोट फेला परे पनि त्यसमा के लेखिएको छ भन्ने खुलाइएको छैन ।

५५ वर्षीय केटको निधनको खबरसँगै विश्वभरकै फेसनप्रेमीहरुले दुःख व्यक्त गरेका छन् । उनीहरुले केटप्रति श्रदाञ्जली दिइरहेका छन् ।

फेसन म्यागाजिन म्डामोसेनको सम्पादकको भूमिकासमेत निर्वाह गरेकी केटले लुगा, जुक्ता, गहनालगायतको कुशल डिजाइनरको परिचय बनाएकी थिइन् ।

उनले आफ्ना श्रीमान्सँग मिलेर सन् १९९३ मा केट स्पेड ह्याण्डव्याग खोलेकी थिइन्, जसले निकै सफलता हासिल गरेको थियो ।

Facebook Comments