Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
पोखराको रात्रिकालिन चेकिङमा उत्रिए कास्की प्रहरी प्रमुख – Naulo Khabar
THURSDAY MAR 27, 2025

पोखराको रात्रिकालिन चेकिङमा उत्रिए कास्की प्रहरी प्रमुख

पोखरा । कास्की प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओम बहादुर रानाले रातको समयमा हुने प्रहरी चेकिङलाई चुस्त दुस्त बनाउनका लागी आफै फिल्डमा उत्रिएका छन । सोमबार रातको समयमा राना आफै सवारी चेकिङ भएका स्थानमा पुगी प्रहरी जवान संगै स्वयं आफै सवारी चेकजांचमा सहभागी भएका हुन । सवारी चेकजांच संगै रानाले सवारी चालकहरुलाई प्रहरीले दुख दिएको नदिएको बारेमा समेत चालकहरु सँग प्रहरीको क्रियाकलापको बारेमा समेत जानकारी लिए ।

एसपी रानाले मोटरसाइकल चालक र ट्याक्सी चालकहरुसँग प्रहरीको आचरणको बारेमा बुझ्दै आफ्ना प्रहरी कर्मचारीहरुलाई पनि आफ्नो प्रहरीको नियमलाई अवलम्बन गरी जनतालाई मर्का नपुग्ने गरी काम कारवाही गर्न निर्देशन समेत दिए ।

प्रहरी जवानहरुको काम कारवाहीमा कुनै कमजोरी नआओस र उनीहरुमा आफ्नो कर्तब्य र जिम्मेवारी बहन गर्नका लागी थप मदत पुग्ने भएकाले आफु स्वयं फिल्डमा उत्रेर काम गरेको रानाले वताए । सिनियर अफिसरहरु यसरी फिल्डमा गएर काम कारबाहीमा लाग्दा जवानहरुलाई पनि काम गर्ने मनोवल बढ्ने भएकाले आफु मात्र नभइ मातहतका सिनियर अफिसरहरुलाई पनि जवान संगै चेकिङमा उत्रेर काम गर्न लगाएको रानाले वताए ।

चेकिङका क्रममा कोही पनि प्रहरी कर्मचारीले सवारी चालकलाई दुख दिन नहुने वताउदै कोही कसैले कुनैपनि ठाउमा चेकिङको क्रममा सवारी चालकलाई दुख दिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत एसपी रानाले चेकिङको क्रममा भेटिएका सवारी चालकहरुलाई आग्रह गरेका थिए ।

चेकिङको क्रममा भेटिएका अधिकांस सवारी चालकहरुले सवारी चेकजाँच गर्नु राम्रो काम भएको वताउदै ट्राफिक नियम विपरित सवारी चलाउनेहरुलाई कारवाही गर्न आफुहरुले समेत सहयोग गर्ने वताएका थिए ।

Facebook Comments