मादीमा नेतृत्व तथा क्षमता विकास कार्यक्रम सम्पन्न
पोखरा । कास्की जिल्लाको मादी गाउँ पालिका वडा नं. ८ को आयोजनामा भएको तिनदिने नेतृत्व तथा क्षमता विकास जनचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
तालिममा वडा अध्यक्ष यमबहादुर गुरुङले जनचेतनामूलक तालीमले ब्यक्तिको सोचमा परिवर्तन ल्याउने र सोचले भौतिक बिकासको भन्दा धेरै कार्य गर्ने बताए । उनले हरेक ब्यक्तिको विकास मैत्री हुनुपर्ने बताउँदै आफू कुनै पदमा नभए पनि टोलको विकासमा लाग्नुपर्ने बताए ।
सो अबसरम मादी ८ का सचिव सरोज थापा, वडा नं ९ का सचिव ऋषिराम सुबेदी, वडा सदस्यहरु कुलबीर गुरुङ, लालदेबी घले, पन्चमाया नेपाली लगाएतले तालीमले गाउँको विकासमा दीर्घकालीन सहयोग गर्ने बताए ।
प्रशिक्षार्थी प्रेम बहादुर गुरुङ र यज्ञमाया गुरुङले अब गाउँमा संचालन हुने कुनै पनि औपचारिक कार्यक्रम संचालन गर्नको लागि संचालन गर्ने ब्यक्तिको अभाव नहुने बताए ।
तालिमको सहजीकरण मेगा एफएम ९५.४ का पत्रकार ऋषिराम दाहाल र दरबारथोक एड्भरटाइजिङ एजेन्सीका प्रबन्ध निर्देशक कृष्ण रानाभाटले गरेका थिए ।
तालिममा वडा सदस्यहरु सहित नागीधार, पाखुरी कोट, रबै, पोसि र तल्लो रबै टोल बिकास संस्थाहरु, टोल सुधार समितिहरु, युवा क्लबका सदस्यहरु, आमा समुहका प्रतिनिधिहरु गरि ३० जनाको सहभागीता रहेकोे थियो ।
वडा अध्यक्ष यमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कैलाश गुरुङले गरेका थिए ।