Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
राजपा बिकास बिरोधी हो होईन : सांसद चौधरी – Naulo Khabar
THURSDAY MAR 27, 2025

राजपा बिकास बिरोधी हो होईन : सांसद चौधरी

राष्ट्रिय जनता पार्टीका केन्द्रीय महासचिब तथा प्रतिनिधी सभा सदस्य चन्दा चौधरीले राजपा बिकास बिरोधी नभएको दाबी गर्नुभएको छ ।

पोखरामा आईतबार नेपाल आदिबासी जनजाती पत्रकार महासँघ कास्कीद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्नुहुदै उहाले बिकास र सरकार बिरोधी नभएको दाबी गर्नुभएको हो ।

बिगत देखी नै सरकारलाई साथ दिदै आएको बताउुहुदै बहुमत सहितको कम्युनिष्ट सरकारले युवालाई स्वदेश फर्काउन र दिगो बिकास दिन सक्ने बिश्वास ब्यक्त गर्नुभयो ।

सरकार र बिकास बिरोधी होईनौ, उहाले भन्नुभयो “जब सम्म जनताले चुनेका रेशम चौधरीलाई बिनासर्त रिहा गरिदैन तब सम्म हामी सरकारमा जान सक्दैनौ यसको अर्थ भने सरकार बिरोधी होईन ।”

उहाले रेशम चौधरीलाई नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा बादलले जुस खुवाएर अनसन तोड्ने क्रममा २३ दिनमै सपथ ग्रहण गराउन आश्वासन दिएपनि पुरा गर्न नसक्दा रुष्ट हुन परेको समेत बताउनुभयो ।

त्यसैगरी प्रधानमन्त्री केपि शर्मा ओली सँग बिभिन्न चरणका बार्तामा संबिधान संशोधन गर्नेबारे सम्झौता भएपनि कार्यान्वयन हुन नसकेकोले पनि सरकारमा जान नसकेको उहाले बताउनुभयो ।

संबिधानमा उपेक्षित बर्ग समुदायको पक्षमा धेरै कुरा नसमेटिएकोले संशोधन गरी जनतालाई लोकतन्त्र आएको महसुश गराउनुपर्ने समेत बताउनुभयो ।

उहाले नेपाल सरकारले ल्याएको बजेट मितब्यायी देखिएपनि सबैलाई समेट्न नसक्ने भन्दै आपत्ति जनाउनुभयो । बजेट बिभिन्न बिद्यामा गहिरो अध्ययन गरेसँगै प्राथमिकता र जनसँख्याको आधारमा बिनियोजन गर्नुपर्ने हो तर बिनियोजित बजेट त्यस्तो देखिएन, उहाले भन्नुभयो “अझै पनि समय छ, छलफलकै क्रममा रहेकोले संशोधन गर्न तिर सरकाले ध्यान दिन जरुरी देखिन्छ ।”

सांसद चौधरीले राजपा सरकार र बिकास बिरोधी नभएको जोड दिदै संबिधान संशोधन र रेशम चौधरीलाई बिना शर्त रिहाईसँगै शपथ ग्रहण गराएको खण्डमा मात्र सरकारमा जान सक्ने समेत बताउनुभएको थियो ।

Facebook Comments