WEDNESDAY FEB 12, 2025

उद्घोषणकला तथा नेतृत्व विकास तालिम सम्पन्न

पोखरा ।  पञ्चकोशी आर्थर डाँडाखर्क समाजमा आवद्ध महिलाहरुका लागि आयोजना गरिएको उद्घोषण, भाषण एवं नेतृत्व विकास सम्बन्धि ७ दिने तालिम सोमबार सम्पन्न भएको छ ।

तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै वडा नं १० का वडा अध्यक्ष राजकुमार गुरुङले महिलाहरुको क्षमता विकाशका लगि वडाले सक्दो पहल गर्दै जाने बताए । ७ दिनसम्मको तालिमबाट महिलाहरुले आफ्ना कुराहरु निर्धक्कसँग व्यक्त गर्न सक्ने भएको भन्दै वडाले गरेको लगानी सदुपयोग भएको उहाँको भनाई थियो ।

सो अवसरमा पोखरा उपत्यका नगरविकास समितिका पूर्व अध्यक्ष जीत बहादुर गुरुङले आगामी दिनमा महिलाहरुले सफलतापूर्वक कार्यक्रम सञ्चालन, भाषण र नेतृत्व तहमा प्रभावकारी कार्य गर्न सक्ने विश्वास व्यक्त गरे । प्रशिक्षक जीवन सुवेदीले महिलाहरुमा देखिएको उत्साहपूर्ण सहभागिताका कारण तालिम निकै प्रभावकारी भएको र सिकेका कुरा व्यवहारमा प्रयोग गर्न आग्रह गरे । तालिममा सहभागि, प्रशिक्षार्थीहरु कल्पना गुरुङ, पवित्रा गुरुङ, बन्दी गुरुङ, विष्णु गुरुङ र तारा गुरुङले तालिमका कारण आँफूहरुमा आत्मविश्वास बृद्धि भएको भन्दै खुसी व्यक्त गरे ।

समाजका अध्यक्ष क्याप्टेन लालप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमल गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव मेखबहादुर गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

Facebook Comments