पोखरामा अलैची व्यवसायी महासंघ पाँचौ साधारण सभा सम्पन्न अलैचीले मूल्यमा भारी गिरावट आएकाले किसान चिन्तित
पोखरा । हाम्रो पहिचान हाम्रो शान गुणस्तरीय अलैंची उत्पादनमा सबैको ध्यान भन्ने नाराका साथ नेपाल अलैंची व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ ।
नेपाल अलैंची व्यवसायी महासंघले पोखरामा १५ औँ शाखाको समेत उद्घाटन गरेको छ । कास्की पोखराबाट नेपाल अलैची व्यवसायी संघका अध्यक्ष जितबहादुर बस्नेत चयन हुनुभएको छ ।
नेपाल अलैची व्यवसायी महासंघको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा सार्क उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्ष चण्डी राज ढकालले अलैची उत्पादन बढाउँन सरकारले सही कार्ययोजना ल्याउँन आग्रह गर्नुभयो । नेपालको अलैची विश्वबजारमा राम्रो निर्यात पाएको बताउँदै सरकारले यसको निर्यातलाई बढाउँन सही कार्यक्रम कृषक समक्ष ल्याई अलैची व्यवसायीहरुलाई प्रोत्साहन गर्न संमेत आग्रह गर्नुभयो ।
नेपाल अलैची व्यवसायी महासंघले धनकुटा हिलेका लाखमान घिसिङलाई उत्कृष्ट किसानको चयन गरि सम्मान गरेको छ भने उत्कृष्ट व्यवसायीमा बिर्तामोड झापाका रोशनलाल अग्रवाललाई सम्मान गरेको छ । त्यस्तै ताप्लेजुङ जिल्लालाई उत्कृष्ट जिल्ला भनेर सम्मान गरेको छ ।
नेपाल अलैची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले नेपालमा खेती गरिने अलैचीको उद्गम स्थल सिक्किमलाई मानिएको बताउँनुभयो । विस १८३० को दशकमा पहिलो पटक सिक्किमबाट इलाम जिल्लाको जोगमाई गाउँमा अलैचीको विरुवा ल्याई खेती सुरु गरिएको बताउँनु भयो ।
उहाँले नेपालमा अलैचीको उत्पादन र व्यवसाय संलग्न अलैची कृषक र व्यवसायीहरुको हकहितको संबद्र्धन गर्दै सबै व्यवसायीहरुलाई गोलबन्द गरी अलैचीको विकास विस्तार र प्रबद्र्धन गर्ने मुख्य उद्देश्य विस २०६४ सालमा नेपालमा अलैची व्यवसायी संघको स्थापना भएको बताउँनु भयो ।
अलैची उत्पादन बृद्धि गर्न राष्ट्रिय नीतिको माग गरिएको समेत बताउँनु भयो । अलैचीले राम्रो मूल्य नपाएको किसान चिन्तित बनेको अलैचीको मूल्य भारी गिरावट आएको जस्ता कुरामा छलफल समेत भएको थियो । महासंघको उक्त साधारण सभामा पन्ध्र जिल्लाभन्दा बढीको सहभागिता थियो । भने जिल्ला अध्यक्षहरुको तर्फबाट लमजुङका अजय तामाङले स्वागत मन्तव्य राख्दै प्रदेश नम्बर ४ का धनञ्जय दबाडी सभासदलाई अलैचीको व्यवस्थीत उत्पादन हुन नसकिरहेको अवस्थामा ससद् सचिवालयमा अलैची खेतीबारे नीति निर्माणका लागि कुरा राखिदिन समेत आग्रह गर्नुभयो ।
कार्यक्रमको संचालन नेपाल अलैची महासंघका केन्द्रिय सचिव ओमकृष्ण विमलीले गर्नुभएको थियो ।