SATURDAY JAN 18, 2025

काठमाडौंमै बर्डफ्लु, फैलियो संत्रास, आजदेखि रयापिट रेस्पोन्स टिम

केन्द्रीय राजधानी काठमाडौंमै बर्डफ्लु भेटिएको छ । राजधानीका २ वटा पोल्टी फर्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

राजधानीमै संक्रमण देखिएपछि संत्रास फैलिएको छ । बर्डफ्लु देखिएपछि राजधानीमा सर्तकता अपनाइएको छ । राजधानी बाहिरबाट काठमाडौं भित्रने र राजधानीका वरिपरि पालिएका कुखुरा फर्मबाट कुखुरा नउठाउन पनि सरकारले निर्देशन दिएको छ ।

शुक्रबारबाट राजधानीका सबै पोल्टीफर्ममा रयापिट रेस्पोन्स टिम बनाएर पठाउने तयारी गरेको कृषि मन्त्रालयले जानकारी दिएको छ ।

Facebook Comments