FRIDAY JUL 09, 2021

हेमजाका धामी, माता र ज्योतिषीले बोक्सी नभन्ने कसम खाए

श्रीभद्र पौडेल । हेमजा । हेमजाका धामी, माता र ज्योतिषीहरुले अवदेखि बोक्सी आरोप नलगाउने कसम खाएका छन ।

‘मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपाल’को आयोजनामा बुधवार हेमजामा सम्पन्न अन्तरक्रिया कार्यक्रमका सहभागि त्यहाँका धामी, माता र जोतिषीहरुले उक्त कसम खाएका हुन । उनीहरुले कु–प्रथालाई प्रसय दिने कार्य अव आफुहरुबाट नहुने भन्दै बोक्सी कु–प्रथा बिरुद्घको अभियानमा साथ दिने बचनवद्धता पनि व्यक्त गरेका छन । आफुहरुले अज्ञानता बस विगतमा कोही कसैलाई बोक्सी आरोप लगाएपनि अवदेखि बोक्सा बोक्सी र त्यस्ता कु–प्रथा विरुद्ध सचेतना फैलाउदै स्वयम आफुहरु नै हिड्ने उनीहरुले जनाए ।

यसरी कसम खानेहरुमा पोखरा–२५, हेमजाका ज्योतिषीहरु लक्ष्मी त्रिपाठी, देबकृष्ण पौडेल, मनपति दाहाल, धामी तेजप्रसाद अधिकारी, माताहरु कमला कुँवर, मञ्जु पौडेल, देवी दाहाल र दुर्ग कार्की रहेका छन । बोक्सी नभन्ने र आरोप नलाउने प्रतिवद्धता व्यक्त गरेसँगै उनीहरुलाई आयोजक प्रतिष्ठानले प्रदेश सदस्य रामजीप्रसाद बरालको उपस्थितीमा सम्मान पनि गरेको छ ।

यस्तै किसिमका संचेतनामुलक कार्यक्रमहरु देशभर संचालन गर्ने तयारीमा आफुहरु रहेको प्रतिष्ठानका महासचिव श्रीभद्र पौडेलले जानकारी दिए ।

Facebook Comments