Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
कास्की बन्यो उपराष्ट्रपति ‘चिल्ड्रेन गेम्स’को च्याम्पियन – Naulo Khabar
THURSDAY MAR 27, 2025

कास्की बन्यो उपराष्ट्रपति ‘चिल्ड्रेन गेम्स’को च्याम्पियन

पोखरामा भएको प्रदेश ४ स्तरीय उपराष्ट्रपति चिल्डे्रन गेम्समा कास्की च्याम्पियन बनेको छ ।

पोखरा रंगशालामा मंगलबार सम्पन्न प्रतियोगितामा कास्की १६ स्वर्ण, २ रजत र ३ कास्यसहित प्रथम भएको हो ।

कास्कीले कराँतेमा ७ स्वर्ण र १ कास्य, तेक्वान्दोमा ६ स्वर्ण, उसुमा ३ स्वर्ण, १ रजत र २ कास्य र एथ्लेटिक्समा १ रजत प्राप्त गर्‍यो ।

कास्कीले एथ्लेटिक्समा १ रजत मात्र प्राप्त गर्‍यो । कास्कीका लागि कुमुदिनी होम्समा अध्ययनरत रिवाज श्रेष्ठले कास्य पदक जिताएर कास्कीको ‘नाक’ बचाइ दिए । अन्यथा कास्की निल हुन्थ्यो । श्रेष्ठ राष्ट्रिय उपराष्ट्रपति कपका लागि पनि छनौट भए ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा स्याङ्गजा ६ स्वर्ण, १ रजत र १ कास्यसहित दोश्रो बन्न सफल भयो । त्यस्तै बागलुङ्ग ३ स्वर्ण, ६ कास्य र २ रजत सहित तेश्रो बन्यो ।

प्रतियोगितामा बिजेता बनेका खेलाडीहरुलाई जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष याम गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितीका कार्यालय प्रमुख लक्ष्मणनाथ योगी, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समितीका प्रशिक्षण प्रमुख विद्या मर्सानी, जिल्ला खेलकुद बिकास समितीका कार्यालय प्रमुख प्रकाश बराल, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठक लगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतियोगितामा एथ्लेटिक्स, कराँते, तेक्वान्दो र उसु खेलमा बिजयी खेलाडीहरु राष्ट्रिय चिल्डे्रन गेम्सका लागि छनौट समेत भएका छन् ।

प्रतियोगितामा प्रदेश ४ का विभिन्न विद्यालयका कक्षा ६, ७ र ८ मा अध्ययनरत २ सय १२ जना विद्यार्थी र ४५ जना अफिसियलसहित कुल २ सय ५७ जना सहभागी थिए ।

Facebook Comments