Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
हङकङ्ग ठकुरी समाजद्धारा आर्थिक सहयोग – Naulo Khabar
THURSDAY MAR 27, 2025

हङकङ्ग ठकुरी समाजद्धारा आर्थिक सहयोग

पोखरा  ।  पर्वत जिल्ला महाशिला गाउपालिका वडा नम्बर ७ दाङ्गसिङ्ग निवासी ७० वर्षिय मृगौला रोगबाट ग्रसित गीता कुमारी मल्ललाई हङकङ्ग ठकुरी समाजद्धारा प्राप्त आर्थिक सहयोग एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।

हङकङ्ग ठकुरी समाजद्धारा प्राप्त ३ लाख ६१ हजार ३ सय तिस रुपैंया दर्शन फाउण्डेशनका अध्यक्ष दिपेन्द्र मल्लले प्रदान गर्नुभयो ।


कार्यक्रममा अध्यक्ष मल्लले विरामीको सुस्वास्थ्यको कामना गर्दै पारिवारीक हेरचाह, सहयोग र खानपानमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । साथै आर्थिक सहयोग प्रदान गर्ने हङकङ्ग ठकुरी समाजप्रति आभार प्रकट गर्नुभयो ।

त्यसै गरि कार्यक्रममा बोल्दै डा. रविन गौतमले विरामीको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी लिइ बिरामीलाई थप उपचारका लागि सम्बन्धित चिकित्सक कहाँ गई उपचार गर्नका लागि सल्लाह एवं आवश्यक परामर्श दिनुभयो ।

उक्त कार्यक्रममा विरामीका श्रीमान भिम मल्लले सहयोगी संस्थाहरु प्रति आभार प्रकट गर्नुभयो भने कार्यक्रमको संचालन एव समन्वय पितमबहादुर सेनले गर्नुभएको थियो ।

Facebook Comments