Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
सामाजिक कार्यमा फेसबुक ग्रुप, ब्लड क्यान्सर पीडितलाई पोखरामा सहयोग अभियान सुरु – Naulo Khabar
SUNDAY APR 20, 2025

सामाजिक कार्यमा फेसबुक ग्रुप, ब्लड क्यान्सर पीडितलाई पोखरामा सहयोग अभियान सुरु

पछिल्लो केही समयबाट सामाजिक कार्यमा क्रियाशिल फेसबुक ग्रुप वि आर फ्रेण्डस (We Are Friends)ले ब्लड क्यान्सरबाट पीडित भएका बालकका लागि आर्थिक सङकलन अभियान सुरु गरेको छ । पर्वतको कुस्मा नगरपालिका १४ आर्थरका १४ वर्षिय अर्जुन गौतमका लागि सोमबारबाट पोखरामा आर्थिक सङकलन अभियान सुरु गरिएको वि आर फ्रेण्डसका एडमिन अमुल्य अधिकारीले बताए ।

अर्जुन बचाउ अभियानको पहिलो दिन सोमबार पृथ्वीनारायण क्याम्पस हुँदै ट्याक्सी चोक वरिपरि गरेर ९,४५० रुपैया सङकलन भएको अधिकारिले बताए । ब्लड क्यान्सरबाट पीडित १४ वर्षिय अर्जुन गौतम भरतपुर क्यान्सर अस्पतालमा उपचाररत रहेका छ्न । आउँदो एकहप्तासम्म उक्त अभियान पोखराका विभिन्न ठाउँमा संचालन गरिने छ । सुकराज गौतम र खेमकुमारी गौतमका छोरा १४ वर्षिय अर्जुन गौतम बिश्वज्योति मा.वि .को कक्षा ९ मा अध्यनरत छन ।

Facebook Comments