पोखरामा खुल्यो द जावेद हबिब सलोनको फ्रेन्चाइज

पोखरा। अन्तर्राष्ट्रिय ख्याति प्राप्त ‘द जावेद हबिब सलोन एण्ड एकेडेमी’को फ्रेन्चाइज शाखा पोखरामा सञ्चालनमा आएको छ । सलोन एण्ड एकेडेमीका संस्थापक एवं अध्यक्ष जावेद हबिब र पूर्व मिस नेपाल माल्भिका सुब्बाले संयुक्त रुपमा शनिबार एक समारोहका विच उद्घाटन गर्नुभयो ।
विश्वभर करिव ७ सय भन्दा बढी फ्रेन्चाइज शाखा विस्तार गरिसकेको सलोन एण्ड एकेडेमीले पोखराको न्यूरोड स्थित विएम कम्प्लेक्सको दोस्रो तलाबाट सेवा विस्तार गरेको छ ।
हेयर डिजाइनमा अद्वितीय नाम बनाउन सफल द जावेद हबिब सलोन एण्ड एकेडेमीको फ्रेन्चाइज शाखा सुन्दर नगरी पोखरामा विस्तार गर्न पाउँदा अत्यन्तै खुसी भएको जावेदले बताउनुभयो ।
शाखामा कार्यरत १० जना कर्मचारी हाल जावेद हबिब कम्पनीबाट नै प्रोभाइड भएका हुन् । केही समय पछि एकेडेमीबाट द्रेनिङ्ग लिइसके पश्चात्त पोखरा र आसपासका युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने तयारीमा रहेको शाखाकी निर्देशक ममता मल्लले जानकारी दिनुभयो ।
सलोनबाट महिला र पुरुष गरी एकैपटकमा १० जनालाई सेवा दिन सकिने जनाईएको छ । विशेषतः ब्यूटिसँग सम्बन्धित (हेयर कट, नेल आर्ट, फेसियल, मेकअप, थ्रेडिङ) सौन्दर्य सेवा उपलब्ध गराइने भएको हो ।
फ्रेन्चाइज शाखा भएकोले जावेद हबिब कम्पनीबाट सम्बन्धन लिएका सबै शाखाहरुले जावेद हबिबकै थिम अनुसार सेवा दिनुपर्ने शर्त रहि आएको हुँदा विश्वभरका शाखाबाट पाउँदै आएको सेवा पोखरा पनि उपलब्ध गराईने डाइरेक्टर मल्लले बताइन ।
झण्डैं तीन दशक भन्दा बढी सलोन एण्ड एकेडेमीको व्यवस्थापन सम्हाल्दै आएका जावेद बलिउडमा निर्माण भईरहने अधिकांश चलचित्रमा अभिनित कलाकारहरुको हेयर स्टाइल सेवा उपलब्ध गराउँदै आएका छन् ।
सहरको व्यस्त जीवनशैलीमा व्यतित मानिसहरुका लागि हतारमा समावेश हुनुपर्ने कार्यक्रम, पार्टी वा अन्य समारोहका निमित्त सलोनले प्रिजेन्टेशन लुक्स डेभलप गराउन सहयोग गर्ने कम्पनीले जनाएको छ ।
सामान्य व्यक्ति देखि लिएर मध्यम र उच्च वर्गका व्यक्तिहरुसम्मले पहुँच राख्न सक्ने गरी जावेद हबिब सलोनले आफ्नो सेवाको किसिम अनुसारको मूल्य निर्धारण गरेको जनाइएको छ ।
उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघ प्रतिनिधि, एवं अन्य संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।