Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
क्युबामा विमान दुर्घटनाः सयभन्दा बढीको मृत्यु, ३ गम्भीर घाइते – Naulo Khabar
THURSDAY MAR 27, 2025

क्युबामा विमान दुर्घटनाः सयभन्दा बढीको मृत्यु, ३ गम्भीर घाइते

ल्याटिन अमेरिकी मुलुक क्युबाको हवाना अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको एउटा विमान दुर्घटनामा सय जनाभन्दा बढी मानिसको मृत्यु भएको छ।

तीन जना मात्रै बाँच्न सफल भएका छन् र उनीहरू गम्भीर घाइते छन् । बोइङ ७३७ विमान क्युबाको उत्तरी शहर ओल्गीनतर्फ गइरहेको थियो ।

प्रत्यक्षदर्शीहरूका अनुसार उड्ने बित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो । त्यसपछि विमानमा आगो लागेको थियो ।

क्युबाको सरकारी कम्पनी क्युबन डे एभिएशनले मेक्सिकन वायुसेवा कम्पनीबाट भाडामा लिएर सञ्चालन गर्दै आएको विमान दुर्घटनामा परेको हो ।

दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।

Facebook Comments