WEDNESDAY FEB 12, 2025

बहुविवाह गर्ने कर्मचारी बर्खास्त हुने

कर्मचारीले बहुविवाह गरेमा वा मदिरासेवन गरी पटकपटक कार्यालय आएमा त्यस्ता कर्मचारी बर्खास्त हुने प्रवाधान राख्दै सरकारले संघीय निजामति सेवा ऐन २०७५ को मस्यौदा गरेको छ ।

शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले तयार गरेको सो ऐनको मस्यौदामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले छलफल अघि बढाएको छ ।

मन्त्रालयअन्र्तगत संघीय तथा कानुन् शाखाले चार दिनअघिदेखि छलफल प्रारम्भ गरेको मन्त्रालय स्रोतको भनाई छ । यो खबर आजको नागरिक दैनिकमा छ,

करिव ५ महिनाअघि सामान्य प्रशासन मन्त्रालयले सो मस्यौदा तयार गरेको थियो ।

मस्यौद भएको ५ महिनासम्म यस विषयमा कुनै प्रक्रिया अघि बढाएको थिएन। ‘प्रक्रिया अघि बढाउने बेला सरकार परिवर्तन भयो र नयाँ सरकारले सो विधेकका बारेमा चासो राखेन’ स्रोतले भन्यो। नयाँ सरकार गठनपछि विधेकका बारेमा पुनः छलफल आरम्भ भएको स्रोतको भनाइ छ।

Facebook Comments