Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
एकता कता ? ओली–प्रचण्डबीच बराबरीमै असहमति – Naulo Khabar
SUNDAY APR 20, 2025

एकता कता ? ओली–प्रचण्डबीच बराबरीमै असहमति

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भए पनि घोषितरूपमा पार्टी एकीकरणको मिति तय हुन सकेको छैन। दुवै पार्टीले अन्तिम तयारी पुगेको दाबी गरिरहँदा पार्टी एकतामा अझै कुरा मिल्न सकेको छैन।

पार्टी एकताका लागि समान हैसियतमा कुरा मिल्न सकेको छैन। प्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दर्जनौंपटक भएको वार्ता र छलफलबाट पनि सहमति जुट्न सकेको छैन। पार्टी एकताका लागि विचार, सिद्धान्तमा कुनै विवाद नभए पनि सांगठनिक विषयमा ओली र प्रचण्डबीच कुरा मिल्न सकेको छैन।

ओली र प्रचण्डबीच समान हैसियतमा पार्टी एकता गर्ने विषयमा सहमति जुट्न सकेको छैन। माओवादीले समान हैसियतमा एकता हुनुपर्ने अडान राखेको छ भने एमालेले समान हैसियतमा होइन, पार्टीको हैसियतअनुसार एकता गर्नुपर्ने अडान राख्दै आएको छ। पार्टी एकताका लागि सहमति निर्माणमा जुटेका ओली र प्रचण्डबीचबीच केही दिनयता सम्बन्धमा चिसोपन आएको छ।

सरकार सञ्चालनको विषयमा प्रधानमन्त्री एकलौटीरूपमा अगाडि बढेको भन्दै माओवादीले असन्तुष्टि जनाउँदै आएको छ। सचिवहरूको सरुवा, ओलीको भारत भ्रमण र बजेटको विषयमा समेत एकतर्फीरूपमा ओली अगाडि बढेको आरोप माओवादीले लगाएको छ। केही समययता पार्टी एकता र सरकार सञ्चालनमा एमालेले माओवादीसँग पर्याप्त छलफल नगरेर एकलौटी गर्न खोजेको भन्दै सरकार र पाटीभित्रै चर्को असन्तुष्टि देखिन थालेको छ।

पार्टी एकता गर्दा समान हैंसियत र न्यायसंगत ढंगले हुनुपर्ने माओवादीको प्रस्तावलाई एमालेले बेवास्ता गरेको तथा सरकारले गर्ने महत्त्वपूर्ण निर्णयमा समेत सत्तारुढ दल माओवादी र विभागीय मन्त्रीहरूलाई समेत थाहा नदिने गरेको माओवादीका नेता मणि थापाले बताए। (नेपाल समाचार पत्र दैनिक)

Facebook Comments