SATURDAY JUL 10, 2021

सार्वजानिक यातायातको सिन्डिकेटपछि तरकारीको सिन्डिकेट हटाउँदै सरकार

सार्वजानिक यातायातमा हुँदै आएको सिन्डिकेट हटाउन सफल भएपछि सरकार फलफूल तथा तरकारी बजारको सिन्डिकेट हटाउन लागि परेको खबर आजको राजधानी दैनिकले पहिलो पृष्टमा छापेको छ ।

समाचारका अनुसार तरकारी बजारको सिन्डिकेट हटाउन सरकारले घोषणा गरेको छ । सरकारले कृषि, पशुपन्छी, भूमि व्यवस्था तथा सहकारी क्षेत्र रूपान्तरणको मार्गचित्र २०७५ मार्फत तरकारी तथा फदफूल बजारमा कायम गरिएको सिन्डिकेट अन्त्यको प्रतिबद्धता जनाएको हो ।

योसँगै सरकारले फलफूल तथा तरकारी बजारका बिचैलिया हटाउने प्रतिबद्धतासमेत जनाएको छ । कृषि, भूमि व्यवस्था तथा सहरकारीमन्त्री चक्रपाणि खनालले आइतबार मार्गचित्र प्रस्तुत गर्दै फलफूल तथा तरकारी बजारमा हुँदै आएको सिन्डिकेट हटाउन तरकारी बजारमा रहेको विभिन्न बिचैलिया प्रस्थिापन गरिने प्रतिबद्धता जनाएको समाचार छापेको छ । -News24Nepal TV

Facebook Comments