TUESDAY JUL 06, 2021

गायक राजन ठकुरीको ‘मनको थैली’ सार्वजनिक (भिडियो सहित)

नेपाली र नेपालको छुट्टै पहिचान बोकेको मौलीक बाजा हो पञ्चेबाजा । जुन बाजामा आधारीत रहेर गायक तथा सर्जक राजन ठकुरीले ‘मनको थैली’ बोलको लोक तथा दोहोरी गीत सार्वजनिक गरेका छन् ।

दर्शन डिजिटलको प्रस्तुतीमा रहेको ‘मनको थैली’ गीतमा गायक ठकुरी, बमबहादुर वयक र देवी घर्ती मगरको स्वर रहेको छ । गीतलाई गायक ठकुरी स्वयंमले लयबद्ध गरेका छन्, भने शब्द पनि उनी आफैँले लेखेका छन् ।

गीतलाई निकै सरल र मिठास तरिकाबाट म्यूजिक भिडियो निर्माण गरिएको छ । जसलाई हमाल म्यूजिक प्रालिका सञ्चालक तथा निर्देशक सज्जन हमालले निर्देशन गरेका छन् । गीतमा पछिल्लो समय निकै व्यस्त रहेका मोडल तथा व्यवशाही विवश ठकुरी र बिनु खड्काको अभिनय रहेको छ ।

गीतमा शम्भु चालिसेको छायांकन रहेको छ भने, सुजन शाहीका सम्पादन रहेको छ ।

Facebook Comments