Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
नेपालमै पहिलो पटक भैँसी सुन्दरी प्रतियोगिता हुने – Naulo Khabar
THURSDAY MAR 27, 2025

नेपालमै पहिलो पटक भैँसी सुन्दरी प्रतियोगिता हुने

काठमाडौं । सुनसरीको ईटहरीमा भैसी सुन्दरी प्रतियोगिता हुने भएको छ । बाताबरण तथा पर्याबरण संरक्षण केन्द्रले भैसी सुन्दरी प्रतियोगिता आयोजन गर्न लागेको हो ।

नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको यो प्रतियोगितामा इटहरी र यस वरपरका भैसी पालक किसानहरुका स्वस्थ भैसी प्रतियोगितामा समावेश गरिने तयारी भएको आयोजक संस्थाकाले जनाएको छ ।

पशु सम्वन्धि चिकित्सकहरुको स्वास्थ्य जाँच एवम निरीक्षण अवलोकनपछि स्वस्थ भए वा नभएको निर्णयका आधारमा प्रतियोगितामा पहिलो घोषित हुने भैसीलाई ११ हजार नगद सहित अन्य पुरस्कार प्रदान गरिनेछ ।

त्यसैगरी प्रतियोगितामा दोस्रो हुने भैसीलाई ९ हजार तेस्रो हुने भैसीलाई ५ हजार र चौथो दहुने भैसीलाई ३ हजार ५ सय रुपियाँ नगद प्रदान गरिने छ ।

Facebook Comments