Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
साढे ४ करोड संकलन गर्दै शुक्लागण्डकीको महायज्ञ सकियो – Naulo Khabar
THURSDAY MAR 27, 2025

साढे ४ करोड संकलन गर्दै शुक्लागण्डकीको महायज्ञ सकियो

श्रीभद्र पौडेल  । घाचोक स्थित शुक्लागण्डकी माविमा यहि बैशाख ११ गतेदेखि सुरु विराट शैक्षिक श्रीमद्भागवत धन धान्याञ्चल महायज्ञ करिव साढे चार करोड संकलन गर्दै मंगलवार सम्पन्न भएको छ ।

महायज्ञमा करिव साढे २ करोडको भुमि तथा २ करोड बराबर नगद संकलन भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।यज्ञ समापनको अन्तिम २ दिन ठुलो मात्रामा दान संकलन भएको हो ।यज्ञको अन्तिम दिन १८ परिवारले आफ्नो सामुहिक नाममा रहेको करिव ५० लाख पर्ने २–१–१–१ (दुई रोपनी, एक आना, एक पैसा, एक दाम) क्षेत्रफलको जग्गा समेत दान गरेका छन ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले भागवत कथा सबैभन्दा ठुलो कथा भएको टिष्पणी गर्दै प्राविधिक शिक्षालय स्थापना गर्ने पवित्र उद्देश्य राखेर महायज्ञ गरिनु सुखद पक्ष भएको औँल्याए । उनले भागवतको भावना अमुल्य रहेको चर्चा गर्दै विद्यालयका अप्ठरा अवस्थामा साथ दिन आफु तयार रहेको स्पस्ट पनि पारे ।

सांसद दुर्गा विकले प्राविधिक शिक्षाले ३० वर्ष पढेर पनि रोजगार नपाउने साधारण शिक्षाको अन्त्य गर्ने दावी गर्दै शुक्लागण्डकीलाई नमुना विद्यालय बनाउन स्थानीय नागरिक नै सचेत हुनुपर्नेमा जोड दिइन । उनले व्यक्तिगत १० हजार ५ सय तथा र सांसद विकास कोषको ५ लाख सहयोग गर्ने घोषणा गरेकी छिन ।

प्रमुख वाचक भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले सबै सरोकारवालाको सद्भावबाट महायज्ञ सफल भएको भन्र्दै गलत भावनालाई परिवर्तन गर्ने क्षमता भागवतसँग रहेको जनाए ।बैज्ञानिक डा. रमामोहन पोखरेलले प्राविधिक शिक्षा सबैभन्दा ठुलो शिक्षा भएको जनाउँर्दै ज्ञान सीप भए मानिस भोकै मर्नु नपर्ने बताए ।उनले दानको पुर्ण सदुपयोग हुनुपर्नेमा जोड पनि दिए ।

समापनको दिन यज्ञमा लिलाधर पोखरेलबाट ५ लाख ५ हजार ५ सय ५५, रामफल नन्दकुमारी गुरुङबाट २ लाख १ हजार ५, लक्ष्मीदेवी अधिकारीबाट १ लाख २५ हजार १ सय २५, हरिमान घलेबाट १ लाख २१ हजार, दुर्गादत्त मायादेवी लम्सालबाट १ लाख १५ हजार ५ सय ५५, कमलादेवी कार्कीबाट १ लाख ११ हजार १ सय ११, पुर्णबहादुर कार्कीबाट १ लाख १ हजार १ सय ५, नमस्ते सामुदायिक प्रतिष्ठान नेपालबाट १ लाख १ हजार, शिवराम लम्सालबाट ६६ हजार, पदमबहादुर कार्कीबाट ६१ हजार १ सय ५१, अन्नपूर्ण महिला प्रा.समूहबाट ५७ हजार २ सय, कृष्णबहादुरबाट ५१ हजार १ सय ७५ दान सहयोग प्राप्त भएको छ ।

त्यस्तै बोधराज पोखरेलबाट ५१ हजार १ सय ५१, पदम कार्कीबाट ५१ हजार १ सय ५१,चन्द्राकान्ता पोखरेलबाट ५१ हजार १ सय ५१, शान्तिप्रसाद गौतमबाट ५१ हजार १ सय ११, खिमलाल सरितादेवी अधिकारीबाट ५१ हजार १ सय ११, शान्तिरमण पोखरेलबाट ५१ हजार १ सय ११ लगायत अन्य विभिन्न व्यक्ति एवं संघसंस्थाले पनि आ–आफ्नो क्षमता अनुसारको दान गरेको मुल आयोजक समितिका संयोजक रविलाल पोखरेलले बताएका छन ।

मुल आयोजक समितिका संयोजक पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम महासचिव मौसम कार्कीले संचालन गरेका थिए ।तस्विर पनि छ ।

Facebook Comments