हुम्ली महिला सूचना प्रविधिमा साक्षर बन्दै
सूचना संचार प्रविधिमा महिलाको पहुच पुर्याउने उद्देश्यले विश्वभर मनाइने “सूचना संचार प्रविधिमा महिलाको सहभागिता २०१८” कार्यक्रम हुम्लामा आजदेखि ३ दिन सम्म मनाइदै छ ।
कार्यक्रमको उद्घघाटन प्रमुख जिल्ला अधिकारी माधव प्रसाद ढुंगानाले गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै हुम्ला आफैमा पिछडिएको र दिनानुदिन महिला विद्यार्थीको संख्या बढी रहेको र पुरुषको संख्या घट्दै गएकोले समग्रमा महिला मात्र सहभागी नगराई सबै बिद्यार्थीमा पहुच पुर्याउनु पर्ने भन्दै यस्ता कार्यक्रम अझै संचालन गर्न सहयोग पुर्याउन समेत आयोजकलाई आह्वान गर्नुभयो ।
प्रमुख जिल्ला शिक्षा अधिकारी मदन कुमार थापाले समग्र पहुचमा काम गर्न र जिल्लामा रहेका सबै विद्यालयलाई प्रविधि मैत्री बनाउनु पर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा महिला शिक्षक, उद्योगकर्मी, सिमिकोट गाउपालिका अध्यक्ष, जिल्ला युवा समिति समेतको उपस्थिति रहेको थियो ।
नेपाल दुरसंचार प्राधिकरणको सहकार्यमा सूचना र संचार प्रविधि समाज (SICT Nepal) र स्वावलम्बन विकास प्रवर्धन केन्द्र नेपालको संयुक्त आयोजनामा “आधारभूत सूचना, संचार प्रविधि र ब्लगिङ्ग” बारे कार्यशाला सुरु भएको हो ।