SUNDAY AUG 16, 2026

अनुपम संगीत सम्मानका लागि प्रतिभा छनोट समिति

अनुपम म्यूजिक पोखराद्वारा आयोजित पाँचौं अनुपम साङ्गीतिक साँझमा प्रदान गरिने अनुपम सङ्गीत सम्मानका लागि प्रतिभा छनोट समिति गठन गरिएको छ।

प्रेस स्वतन्त्रता सेनानी वद्रीविनोद प्रतीकको संयोजकत्वमा गठित समितिमा गायक रामभक्त जोजिजू र गीतकार रेशम रचक सदस्य रहेका छन् । यस्तै अनुराग अधिकारी, रुपिन्द्र प्रभावी पदेन सदस्य तथा वीरेन्द्र पालिखे आमन्त्रित सदस्य छन् ।

अनुपम म्यूजिकले हरेक वर्ष अनुपम साङ्गीतिक साँझमा अनुपम म्यूजिक अवार्ड र सम्मान प्रदान गर्दै आएको छ । यस्तै तीर्थहरि स्मृति प्रतिष्ठानद्वारा स्थापित समाजसेवा अवार्ड समेत प्रदान गरिने कार्यक्रम जेठ २६ मा हुने आयोजक संस्थाले जनाएको छ ।

Facebook Comments