TUESDAY SEP 17, 2024

ह्वाइ हाउस एसएलसी प्रिन्सेजको अडिसन सम्पन्न

सिजन मिडिया प्रा.लि.ले एसइई परिक्षा दिएर वसेका युवतीहरुलाई केन्द्रित गरी विगत ८ वर्षदेखि निरन्तर रुपमा गर्दै आएको (ह्वाइ हाउस एसएलसी प्रिन्सेज २०१८ अडिसन सम्पन्न भएको छ । उक्त अडिसनवाट ३० जना प्रतियोगीहरु छनौट भएका छन् ।

अडिसन कार्यक्रममा निर्णायक मण्डलमा कोरियोग्राफर रोजिन शाक्य, शिक्षक प्रेम गुरुङ र सिजन मिडियाका इभेन्ट म्यानेजर रेजिना तुलाधर रहेका थिए ।

आज भएको छनौट चरणमा पर्न सफल छात्राहरुको लागि वैशाख १७ गते सोमबारवाट प्रशिक्षण कार्यक्रम संचालन गरिने छ । प्रशिक्षणको क्रममा उनीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर, नेतृत्वदायी क्षमताको विकास साथै उच्च शिक्षाको मार्ग निर्देशन दिदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले साथै यसले उनीहरुको उच्च शिक्षा अध्ययनमा सहयोग र उज्ज्वल भविष्य निर्माणमा सहयोग पु¥याउने खालका प्रशिक्षणहरु प्रदान गरिने छ ।

त्यसैगरि प्रशिक्षणको क्रममा पौडी, शारिरीक फिटनेश, फोटो सेसन, दामन भ्रमण, टेवल म्यानर, विभिन्न प्रतियोगीतात्मक खेलकुदका कार्यक्रमहरु, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । साथै उच्च शिक्षाको लागि कलेजले लिने प्रवेश परीक्षाको लागि तयारी कक्षाहरु पनि अध्यापन गराइनेछ । विभिन्न सामाजिक संस्थाहरुको संस्थागत भ्रमण जस्तै, माइती नेपाल, नारकोनन नेपाल, वाल आश्रम, वृद्धा आश्रम आदि मिडिया सम्वन्धी जानकारी, कल्चरल भिजीट, विभिन्न कलेजको भ्रमण र हस्पिटालिटी सम्वन्धि जानकारी प्रदान पनि गराइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ ।

असारको पहिलोे साता उक्त प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताका विजेताले “एसएलसी प्रिन्सेज २०१८” को ताज उपाधि सहित उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति ल्यापटप, मोवाइलफोन र ५ दिनको वैङ्कक भ्रमणको अवसर प्रदान गरिने छ साथै अन्य गिफ्टहयाम्पर पाउने छिन । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै ल्यापटप मोवाइल आदि उपहारहरु पाउनेछन र अन्य गिफ्टहयाम्पर प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिनेछ ।

Facebook Comments