WEDNESDAY JUL 07, 2021

एप्पलले बदल्दैछ आइफोनको नाम

एप्पलले आफ्ना आगामी संस्करणका आइफोनको नाम सरलीकरण गर्ने भएको छ । टेक्नोलोजी विश्लेषण सम्बन्धी एक चर्चित साइट गुगेनहेमका विश्लेषक रोबर्ट चिराका अनुसार एप्पलले यो वर्ष सार्वजनिक गर्ने आफ्नो नयाँ आइफोन तथा भविष्यमा ल्याउने अन्य आइफोनको नाममा महत्वपूर्ण परिवर्तन गर्ने योजना बनाइरहेको छ ।

उक्त साइटको रिसर्च नोटमा उनले लेखेका छन्, ‘आइफोनको नामाकरण तथा ब्राण्डिङका सन्दर्भमा औपचारिक परिवर्तन गर्नका लागि एप्पलले आफ्नो आगामी साइकल प्रयोग गर्नेछ ।’

Facebook Comments