SATURDAY JUL 10, 2021

म्याराडोनाले दिए प्रशिक्षकबाट राजीनामा

डिएगो म्याराडोनाले अल फुजाइराह क्लबको प्रशिक्षकबाट राजीनामा दिएका छन् । अर्जेन्टिनाका पूर्वखेलाडी ५७ वर्षे म्याराडोना मे महिनादेखि सो क्लबको प्रशिक्षक थिए ।

तर संयुक्त अरब इमिरेट्सको दोस्रो डिभिजनको शीर्ष दुईमा पर्न असफल भएपछि उनले राजीनामा दिएको बताइएको छ । शुक्रबार खोर्फाकान क्लबसँग अल फुजाइराह क्लब १–१ को बराबरीमा रोकिएको थियो । यससँगै शीर्ष दुईमा पर्ने सम्भावना सकिएको छ ।

Facebook Comments