Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
हेमजामा रक्तदान सम्पन्न, २४ युनिट रगत संकलन – Naulo Khabar
SUNDAY APR 20, 2025

हेमजामा रक्तदान सम्पन्न, २४ युनिट रगत संकलन

गोबिन्द तिमिल्सिना । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५ हेमजास्थित बहुउदेश्यी कृषि सहकारी संस्थाको नवनिर्मित आलु भण्डार गृह उद्घाटन तथा कृषि पसल शुभारम्भको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष सोभाखर तिमिल्सिनाले पहिलो रक्तदाता बहुउदेश्यी कृषि सहकारी सस्थाका ब्यबस्थापक हरि त्रिपाठीलाइ ब्लडव्याग हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए। कार्यक्रममा २४ जना रक्तदाताले रक्तदान गरे।

प्रमुख अतिथि तिमिल्सिनाले रक्तदान महत्वपूर्ण सामाजिक कार्य भएको उल्लेख गर्दै रगत दान गर्दा शरिरको रगत फेरिने र रगत फेर्नु स्वास्थ्यको लागि राम्रोे हुने बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सहकोषध्यक्ष कृष्णप्रसाद पौडेलले रक्तदान महत्वपूर्ण सामाजिक कार्य भएको उल्लेख गर्दै अस्पतालमा रगत अभाव हुँदा यसले पुर्याएको र रक्तदाताले दिएको रगतले अरुको जीवन दान हुने बताए ।

बहुउदेश्यी कृषि सहकारी संस्थाका अध्यक्ष धर्मराज बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिब मोतिराम तिमिल्सिना लगायतले मन्तव्य राखेका थिए।

Facebook Comments