THURSDAY JUL 08, 2021

ग्यालेक्सी एस नाइन वैशाख १० देखि नेपालभर

सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा Samsung Galaxy S9+ 128 GB   प्रस्तुत गर्ने भएको छ ।  अप्रिल १७ देखि सुरु भएको Samsung Galaxy S9+ 128 GB को प्रि बुकिङ २२ अप्रिलसम्म खुला रहने छ । उपभोक्ताहरुले www.S9prebooking.com मा गई प्रि बुकिङ गर्न सक्नेछन् ।

प्रि बुकिङ गर्न चाहने उपभोक्ताले बुकिङ गरे बापत  सात हजार २ सय रुपैयाँ बराबरको बोटल स्पिकरसहित अन्य ग्यालेक्सी उपहार, टर्किस एयरलाइन्सको खरिदमा १५% सम्मको छुट, रुट्स फेशनमा खरिद बापत १०% छुट र साथै केजीएच होटेलमा पाँच हजारमा कोठा बुक गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।

यो स्मार्टफोनको खरिदसँगै प्रयोगकर्ताहरुले एनसेलको तर्फबाट १२ हजार एमबी डाटा र १२ हप्ताका लागि  हरेक हप्ता एक हजार एमबी डाटाका साथै र एक वर्षे बीमा पनि प्राप्त गर्नेछन् ।

उपभोक्ताहरुलाई Galaxy S9+ 128 GB  को मूल्य एक लाख ९ हजार ९ सय ९९ रहेको छ  । यसमा पाँच हजार रुपैयाँ क्यासब्याक उपलब्ध गराइनेछ । Galaxy S9+ 128 GB  वैशाख १० गतेदेखि नेपालभरका सामसङ ब्राण्ड स्टोर तथा केही रिटेल स्टोरमा मिडनाइट ब्ल्याक रङमा उपलब्ध हुनेछ ।

Facebook Comments