Warning: Undefined array key "modified_date" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 58

Warning: Undefined array key "modified_time" in /home/naulokhabar/public_html/wp-content/plugins/nepali-post-date/class.nepali.date.front.php on line 62
निपा भाइरस फैलन्छ कि भनेर डराइहाल्नुपर्ने अवस्था छैन : डाक्टर हेमन्तचन्द्र ओझा – Naulo Khabar
SUNDAY APR 20, 2025

निपा भाइरस फैलन्छ कि भनेर डराइहाल्नुपर्ने अवस्था छैन : डाक्टर हेमन्तचन्द्र ओझा

एनआईभी भनिने निपा भाइरसको संक्रमणले लाग्ने नयाँ किसिमको रोग तत्कालै नेपालमा फैलने संभावना नभए पनि सजकता अपनाएको स्वास्थ्य व्यवस्था विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ।

निपा भाइरसको संक्रमणले भारतमा एक स्वास्थ्यकर्मीसहित १० जनाको मृत्यु भएपछि सो रोग नेपालमा पनि भित्रन सक्ने भन्दै पूर्व सजकता अपनाइएको हो।

‘निपा भाइरस फैलन्छ कि भनेर डराइहाल्नुपर्ने अवस्था छैन। भाइरस भित्रन नपाओस् भनेर सजकता अपनाएका छौं’ महाशाखा प्रमुख डाक्टर हेमन्तचन्द्र ओझाले सँग भने, ‘डराउनुपर्दैन तर सजक रहनुपर्छ।’

निपा भाइरस हावाबाट सर्ने रोग नभएकोले नेपालमा यो रोग भित्रन्छ कि? भन्ने अवस्था तत्कालका लागि नरहेको ओझाले बताए। दक्षिणी भारतको केरला राज्यमा यो भाइरसले मानिसको मृत्यु भएको हो।

भारतमै केरलाबाट अन्य राज्यमा यो भाइरस नफैलिएकाले नेपालमा आत्तिनु नपर्ने ओझाले तर्क गरे।

‘केरलामा देखिएको निपाको संक्रमण भारतकै अन्य राज्यमा देखिएन। यसबाट पनि के बुझ्न सकिन्छ भने नेपालमा यो भाइरसको संक्रमण तत्काल छैन’ उनले भने।

केरला राज्यका स्वास्थ्य सचिव राजिव सदानन्दनलाई उद्धृत गर्दै बिबिसीले केरला राज्यमा निपा भाइरस संक्रमितको उपचारमा लागेकी एक नर्सको मृत्यु भएको उल्लेख गरेको छ। निपा भाइरस पहिचान सन् १९९९ मा मलिसया र सिंगापुरमा भएको मानिन्छ।

‘फ्रुट ब्याट’ नामको एक चमेरामा निपा भाइरस पाइन्छ। प्रायगरी पशुपंक्षीबाट यो भाइरस मानिसमा सर्ने गर्छ। अध्ययनले बंगुरबाट पनि निपा भाइरस मानिसमा सरेको देखाएको छ।

पहिले बंगुरपालक किसानमा निपाको संक्रमण देखिएको थियो। बिबिसीले जनाएअनुसार त्यसबेला निपा भाइरस संक्रमणले ३ सय मानिसहरू मरेका थिए। किसानहरूले पालेका १० लाखभन्दा बढी बंगुर मारिएको थियो।

नेपालमा पनि बंगुर तथा चमेरा पाइने भएकाले निपा भाइरस देखिने संभावना पनि छ। निपा भाइरस संक्रमणले दुइ दिनमै मानिसको मृत्यु हुने गरेको छ।

ज्वरो आउने, श्वासप्रश्वासमा समस्या हुने, टाउको दुख्नेजस्ता लक्ष्यण यो रोग लागेमा देखा पर्छ। निपा भाइरस लागेपछि मानिसको मृत्यु हुने दर ७० प्रतिशत रहेपनि बिबिसीले जनाएअनुसार अहिलेसम्म यो रोगविरुद्ध लगाउने कुनै खोप बनेको छैन। (सेतोपाटीबाट)

Facebook Comments